Logo

पारस राई प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा निर्वाचित


 राप्रपाको प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको उपाध्यक्षमा पारस राई निर्वाचित भएका छन् ।

गत मंगलबार जुम मार्फत सम्पन्न अधिवेशनले ग्लोबल चिम्से सोलका अध्यक्ष समेत रहेका राईलाई उपाध्यक्षमा निर्वाचित भएका हुन् । राईले नेपालमा हुने विभिन्न दैवीप्रकोप तथा विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् ।

उनले कोभिड माहामारीमा ग्लोबल चिम्से सोलमार्फत दोलखा, काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा स्वास्थ सामग्री तथा विभिन्न अस्पतालमा उपचार गराई रहेका विपन्न वर्गलाई उपचारको लागि सहयोग जुटाउँदै आएका छन् । राजसंस्था तथा हिन्दूराष्ट्रका हिमायती उनी राप्रपाले उठाउँदै आएको मुद्दाको कट्टर समर्थक छन् ।

भर्चुअलबाट गरिएको कार्यक्रममा  सन्जिब भण्डारीको नेतृत्वमा गठित समितिमा उपाध्यक्षमा पारस राई, ख्याम राज राउत, रामचन्द्र सुबेदी, समिरसिहं ठकुरी, लोकेन्द्र सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तै, महेशसिंह महरा र सन्दिप पराजुली महामन्त्रीमा ,कैलाश तामाङ र योगेश घिमिरे सहमहामन्त्रीमा, प्रवक्तामा मुक्ति अधिकारी, कोषाध्यक्षमा फुर्वा शेर्पा, सह कोषाध्यक्षमा बाबुराम बस्नेत निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ नेतृत्व पाएपछि देश तथा विदेशमा पनि युवाहरुको आकर्षण बढीरहेको छ ।

त्यस्तै, केन्द्रीय सदस्यमा हरिप्रसाद गजुरेल, वासुदेव भण्डारी,मिलन कार्की, विकास मगर,मनिल बानियाँ, शिबराज शिग्देल,निराजन ढकाल, अर्जुन पौडेल, सन्तोष सिग्देल,अभिषेक रिमाल,बिजय कार्की, छविराज अधिकारी,दब भुसाल, बसन्त थापा,रबिन शाही,राजिव ग्यवालि,महेश महतरा, युवराज फुयाल,टिकाजग चन्द, सन्जय श्रेष्ठ,खेमु ढकाल, सरोज भण्डारी, योगेन्द्र भट्ट गरी ३७ जना सदस्यीय कार्यसमिती गठन गरिएको हो ।

नवनिर्वाचित महामन्त्री महेशसिंह महराले सनातन धर्म संरक्षणमा युवाहरु जुट्नु पर्ने देश र धर्म संकटमा रहेको त्यसलाई हामी बचाउनु लागि परेको बताए । दक्षिण कोरियामा प्रवासी नेपाली एकता समाजको केन्द्रीय महाधिवेशन भएलगत्तै संगठन बिस्तार तथा क्षेत्रीय अधिवेशनको तयारी गरिने नवनिर्वाचित उपाध्यक्ष पारस राईले बताउँदै दक्षिण कोरियामा रहेका समान बिचार र आस्था भएका सम्पूर्ण कोरियावासी नेपालीलाई प्रवासी नेपाली एकता समाज दक्षिण कोरियामा गोलबद्द हुनसमेत आग्रह गरे ।

‘देश र धर्म जोगाउने अभियान प्रवासी नेपाली एकता समाज दक्षिण कोरिया महाधिवेशन’ भन्ने मुल नारालाई अबलम्बन गरिएको आयोजनामा महाधिवेशनका प्रमुख अतिथि धार्मिक अभियानता अभिषेक जोशी, बिशिष्ट अतिथि रमेश न्यौपाने, बिशेष अतिथि प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजबंशी तथा कोरियाको राजनिति, समाजिक र धार्मिक संघ संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्