Logo

प्रधानमन्त्री पद जाओस् तर जसरी भएपनि एमसीसी पास गरेरै छाड्छु – देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भएपनि एमसीसी पास गर्ने बताएका छन्।

आफुमाथि एमसीसी पास गर्न चर्काे दबाब रहेको भन्दै गठबन्धन टुटोस् या प्रधानमन्त्री पद जाओस् जसरी भएपनि एमसीसी पास गरेरै छाड्ने बताएका छन् ।

बालुवाटारमा आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमसीसी पासका लागि सहयोग गर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।

तर आजको भेटमा एमसीसीको विषयमा दुवै नेताबीच यसअघिकै अडान कायम रहेको थियो।

बैठकमा प्रधानमन्त्री देउवाले यसअघिझैं जसरी पनि एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका थिए।

देउवाले गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ नदिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहयोग लिने संकेत गरेका थिए ।

त्यसका लागि दीर्घकालीन सहकार्यको सम्भावना समेत उनले दर्शाएका थिए। देउवा आफ्नो अडानमा टसमस नदेखिएपछि प्रचण्डले पनि एमसीसीलाई कुनै पनि हालतमा अनुमोदन नगर्ने जवाफ दिएको श्रोतले बताएको छ ।

शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि गठबन्धन लगभग टुटेको निष्कर्षमा दुवै नेता पुगेको बताईएको छ।

देउवा र प्रचण्डबीचको आजको भेटवार्ता सौहार्दपूर्ण नभएको समेत बताइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्