Logo

गृहमन्त्री ओलीलाई भेट्न बालकोट पुगे


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण उनको निवास बालकोट पुगेका छन्।

उनी बुधबार  बालकोट गएका हुन्। मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले नेताहरू बालुवाटार पुगेका थिए।

एमाले र कांग्रेसबीच संसदमा टेबल भएको अमेरिकी सहयोग सम्झौता एमसिसी पारित गर्ने विषयमा सघन छलफल भइरहेको छ।

बालकोटमा ओली र गृहमन्त्री खाणबीच एमसिसीकै विषयमा छलफल भएको स्रोतले जानकारी दियो।

ओली र खाणबीच आधा घन्टा कुराकानी भएको थियो। उनी अहिले बालकोटबाट फर्किसकेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्