Logo

एमसीसीबारे गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो – भट्टराई


पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ‘डढेलो’ निभाउने जिम्मा सबै दलको भएको बताएका छन् ।

सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता नरहने बताएका उनले यसमा ख्याल गर्न आग्रहसमेत गरेका छन् ।

“एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो ।

सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न,” जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्षसमेत रहेका  डा. भट्टराईले ट्विटरमा लेखेका छन्, “यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ ।

कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो ।”

यसबाहेक अर्को विकल्प दलहरुसँग नरहेको उनले स्पष्ट पारेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्