धरानको जंगलमा भेटिएको शवको घटनामा कान्छी पत्नीसहित दुई पक्राउ
विराटनगर/सुनसरीको धरान–४ मा विभत्स हत्या गरिएको झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीले सिग्देलको हत्या आरोपमा दुई जनलाई अनुसन्धानको लागि पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सिग्देलको हत्या आरोपमा कान्छी श्रीमति र प्रेमिकालाई पक्राउ छ ।
कान्छी श्रीमतिले र प्रेमि मिलेर हत्या गरेको हुनसक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । केही व्यत्तिलाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले बताए ।
घटनाको अनुस्न्धान भइरहेकोले थप विषय पछि खुल्ने उनले बताए । प्रहरीका एक उच्च अधिकारीले दिएका जानकारी अनुसार धरानमा आज केही बेरमा पत्रकार सम्मेलन गरि घटनाको बिस्तृत जानकारी गराउने तयारी गरेको छ ।
प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँसदाउराका लागि गएका गाउँलेले गत बुधबार पहिलोपटक शव देखेका थिए । थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
बिहीवार अर्को झोलामा जिउ फेला परेको थियो । त्यसपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको थियो । सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन ।
एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिडिरहने गरेका थिए ।