दोहोरो अंकले नेप्सेमा वृद्धि
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.४२ अंकले उकालो लागेर २७३५.९३ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अंकले बढेर ५२३.१५ मा पुगेको छ ।
नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेको छैन ।
कुल २२८ कम्पनीका ६० लाख ८१ हजार ६०२ कित्ता सेयर तीन अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने ११ उपसमूहको सेयर मूल्य उकालो लागेको छ । उत्पादन १८.७१ र लगानी उपसमूह ०.१५ अंकले घटेको छ ।
यस्तै, बैंकिङ ८.३२, व्यापार १३.६४, होटेल तथा पर्यटन ४.७५, विकास बैंक ७०.०५, जलविद्युत् २७.५६, वित्त ४३.९१, निर्जीवन बिमा १२८.०२, अन्य ४६.९२, लघुवित्त १५.८१, जीवन बिमा ७.०८, सामूहिक लगानी कोष ०.०६ अंकले उकालो लागेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण ३८ खर्ब ७५ अर्ब १४ करोड १९ लाख ३८ हजार १९५ रुपैयाँबराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँबराबरको कारोबार भयो ।
यस्तै, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७८ लाख १९ हजार ६४९ रुपैयाँ, जीवन विकास लघुवित्तको ११ करोड २२ लाख ६२ हजार ५२८ रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ४१ लाख ८८ हजार ५०६ रुपैयाँ र आईसीएफसी फाइनान्सको १० करोड २९ लाख ३३ हजार ७४४ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले पनि ९.९९ प्रतिशतले कमाए । सामलिङ पावर कम्पनी ८.५२, तेह्रथुम पावर कम्पनी ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाए ।
त्यस्तै, सिभिल लघुवित्त १.९६, नेपाल हाइड्रो डेभलपर्स १.९६, मेगा म्युचुअल फन्ड १.९३, प्राइम लाइफ इन्स्योरेन्स १.८८ र समिट लघुवित्तका लगानीकर्ताले १.७१ प्रतिशतले गुमाए । रासस