Logo

देउवाले प्रचण्ड र नेपालको साथ छाडेमा मात्रै हामी एमसीसीमा साथ दिन्छौ – बस्नेत


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीले माओवादी र नेकपा एसको साथ छाडेमात्रै आफुहरुले सघाउने बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तवार्तामा नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको साथ छाडेमा मात्रै एमसीसीमा एमालेले सघाउने बताएका हुन्।

उनले अगाडी भने प्रधानमन्त्रीले प्रचण्ड र माधवकुमार नेपाललाई सँगै लिएर हिँड्न सक्दिनँ भनेर आएमात्र पुनर्विचार हुन सक्छ ।

साथै उनले गठबन्धनले दोहोरो तेहरो भूमिका निर्वाह गरेको भन्दै आफुहरु लुरुक्कै परेर सरकारको पछि नलाग्ने बताएका छन्।

एमसीसीलाई एमालेले विगतमा विशुद्ध विकास परियोजनाका रुपमा हेरेर संसद्मा प्रस्तुत गरेको तर प्रधानमन्त्री देउवाले यसलाई राजनीतिक रुपमा मात्र हेरिरहेको उनको भनाई छ ।

एमालेले गठबन्धनको मुख ताक्छ कि आफैं निर्णय गर्छ भन्ने प्रश्नमा बस्नेतले अहिले एमालेले एमसीसीको पक्ष र विपक्षमा भन्ने कुरा प्रकट नगरेको भन्दै प्रधानमन्त्री समग्र प्याकेजमा सहमतिका लागि तयार भएमा एमालेले आफ्नो कुरा स्पष्ट राख्ने बताएका छन् ।

तर अहिले नै सत्ता गठबन्धनका घटकहरु अझै पनि जालझेल, षडयन्त्र र तिकडममा रहेको उनको धारणा छ।

एमाले नेता बस्नेतले सत्ता गठबन्धनमा बस्ने, सडकमा कार्यकर्ता उफार्ने प्रचण्ड र माधव नेपालको रंगीचंगी र सत्ता स्वार्थको खेलोमेलोका कारण एमसीसी गिजोलिएको आरोप समेत लगाएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्