Logo

लकडाउनका कारण चीनमा अहिलेसम्मकै भारी वर्षा


कोभिड महामारीका कारण जारी लकडाउनका बेला कलकारखाना, सवारीसाधन लगायत वातावरण प्रदुषित गर्ने सबैजसो मूल श्रोतहरु बन्द रहँदा कार्बन उत्सर्जनको दर पनि अचानक घटेको थियो । यही कारणले २०२० मा चीनमा अहिलेसम्मकै भारी वर्षाको रेकर्ड हुन पुगेको वैज्ञानिकहरुले बताएका छन् ।

ग्रिनहाउस ग्यास र सुक्ष्म धुलोका कणहरु कम हुनुले वतावरणमा अप्रत्याशित परिवर्तन ल्याएकाले नै चीनमा भारी वर्षा भएको बताइएको छ ।

२०२० को गर्मीयामको वर्षाले चीनमा सयौँको ज्यान लिएको थियो भने लाखौँ विस्थापित भएका थिए । तर लामो समयसम्म यसरी नै कार्बन उत्सर्जन कम रहिरहने हो भने त्यसले चाहिँ यस्ता ससाना मौसमी घटना उत्पन्न नगराउने बताइएको छ ।

२०२० को  जुन र जुलाईमा पूर्वी चीनका अधिकतम भूभागमा भयानक बाढी पहिरो आएको थियो । यस्तोमा खोजकर्ताहरुका अनुसार कार्बन उत्सर्जन कम हुनु नै यो एक तिहाइ वर्षाका लागि जिम्मेवार रहेको छ ।

याङजी खोलामा १९६१ पछिकै सबैभन्दा धेरै पानी परेको थियो जुन विगत ४१ वर्षसँग तुलना गर्दा ७९ प्रतिशत बढि हो ।

त्यसैले वैज्ञानिकहरुले यस सम्बन्धी थुप्रै रिसर्च तथा अध्ययन सुरु गरेका हुन् । र अन्तर्राष्ट्रिय टोलीले नयाँ स्पष्टिकरण पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।

सो अध्ययनमा उनीहरुले चीनको पूर्वी र मध्यम भूभागमा पछिल्लो चार दशकको गर्मीयामको वर्षा सम्बन्धी सबै डाटा हेरेका थिए । यसमा पछिल्ला सबै वर्ष ती क्षेत्रमा धुँवा धुलो र ग्यासको उत्सजर्न लगातार बढ्नाले वर्षाको मात्रा कम रहँदै आएको देखिएको थियो ।

विशेषगरी कोइला बाल्दा उत्पन्न हुने धुँवाकै कारण पानी पर्ने दर पनि घटेको थियो । तर २०२० मा वातावरण ठीक विपरित परिस्थितिमा पुगेपछि यसरी अप्रत्याशित रुपमा जोडसँग वर्षा भएको हो ।

यो नयाँ जानकारी अहिले बाँकी विश्वका लागि चेतावनी पनि बनेको छ । किनकी हाल अधिकांश मुलुकहरु ग्रीनहाउस ग्यासको उत्सर्जन उल्लेनीय रुपमा कम गर्दै ऊर्जा प्रणालीलाई हरित्तर्फ मोड्ने प्रयास गरिरहेका छन् । तर अचानकको वातावरण परिवर्तनले यस किसिमको चीनमा जस्तो ठूलो प्रकोप निम्त्याउने खतरा भएको छ ।

तापनि विज्ञहरुका अनुसार जति प्रयास गरेपनि कुनै देशले २०२० को स्तरमा कार्बन उत्सर्जन कम गर्न सक्दैनन् किनकी त्यस समय लकडाउनले सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्पै थियो । यसकै कारण पनि मोसम प्रणालीमा त्यति ठूलो बदलाव आउन सकेको उनीहरु बताउँछन् ।

प्रोफेसर याङ भन्छन्, “अचानकको परिवर्तन र बिस्तारै नियमित रुपमा नीतिगत् तरिकाले कार्बन उत्सर्जन कम गराउँदाको मौसमी प्रभावमा अवश्य पनि धेरै फरक हुनेछ । ” यो नयाँ रिसर्च जर्नल ‘नेचर कम्युनिकेसन्स’ मा प्रकाशित गरिएको छ । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्