Logo

अडियो इडिट गरेर सार्वजनिक गरिएको छ – मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले हालै सार्वजनिक भएको अडियो टेपबारे आफूले बोल्दा केही तलमाथि भएको स्वीकार गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वसलाई सम्बोधन गर्दै मन्त्री आलेले बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको बताए ।

आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एकपटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनको भनाइ छ ।

अडियो पूर्ण सत्य नभएको दाबी उनको छ ।”म मगरको छोरो । म जनजातिको छोरो । बोल्दाखेरि तलमाथि पर्न जाला तर मेरो मनमा कुनै पाप छैन ।

म सफा मान्छे । मेरो रफ्तारलाई कमी गर्नको लागि कुनै तत्वहरूले मलाई उत्तेजित पारेर, मेरा पछि लागेर म पनि एउटा मानव हुँ कतिपय ठाउँमा गल्ती हुन सक्छ ।

कमी, कमजोरी हुन सक्छ । मान्छेलाई रातदिन सताएर, टेलिफोन गरेर उत्तेजित बनाएपछि एउटा मानवको नाताले मैले पनि भन्न म बाध्य भएँ ।

तर जतिपनि त्यो अडियोमा बाहिर आएको छ त्यो सतप्रतिशत सत्यता त्यसमा छैन,” आलेले भने । उनले अगाडि भने, “विगतको व्यक्तिले मलाई पटक पटक टर्चर गर्ने, रातिराति फोन गर्ने, पैसाको बार्गेनिङ गर्ने त्यस्ताखालका तत्व पटक पटक मलाई उत्तेजित पार्ने काम भएको हुनाले बाध्य भएर मैले खालि एक पटक मात्रै मैले त्यसको जवाफ दिए ।

तर त्यसलाई इडिट गरेर १७ पटक जोडेछ । त्यो अहिले बाहिर ल्याउने कामहरू भएको छ । म मगरको छोरो हो । भाषा, संस्कृति ममा कमी होला, तर मेरो आत्मा पवित्र छ ।”

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्