एकीकृत समाजवादीले मसीसीको विपक्षमा मतदान गर्ने
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।
आज बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
“संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ ।
विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ ।
उनका अनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।