प्रदेश १ को नामाकरण एमालेको सहयोगबिना असम्भब
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् ।
मंगलबार पाँचथर सदरमुकाम फिदिममा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले नेतृत्वको सरकारले चार वर्षसम्म नटुंग्याएको नाम कांग्रेस सम्मिलित गठबन्धनको सरकारले टुंगाएर छोड्ने दाबी गरे।
यद्यपि नामांकनमा एमालेको समर्थन भने अपरिहार्य रहेको उनको भनाइ थियो ।
प्रदेशको नामांकनका लागि सरकारले प्रदेश सांसदमा उपस्थित रहेका दलहरूसँग समन्वय गर्न उच्चस्तरीय कार्यदल गठन गरेको भन्दै उनले फागुन १० गतेदेखि सो समितिले दलहरूसँग संवाद थाल्ने पनि बताए ।
‘प्रदेश सांसदमा एमालेको बहुमत रहेकाले उसको सहयोगबिना प्रदेशको नामाकरण गर्न सजिलो छैन; त्यसैले उसको पनि सहमति लिएर नामको टुंगो लगााउँछौं‚’ उनले भने ।