Logo

नेप्से बढ्दा करिब ३ अर्बको कारोबार


सोमबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक २५.४१ अंकले बढेर २,७१८.५१ पुगेको हो।

दिनभरमा जम्मा २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ २१ पैसाको कारोबार भएको छ।

कारोबार भएका कुल कम्पनीमध्ये १५४ कम्पनीको मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ।

उपसमूहमध्ये हाइड्रोपावरको २.२४ प्रतिशतले कारोबार बढेको छ। त्यस्तै, अन्यको १.२५ प्रतिशत, इनभेस्टमेन्टको १.२३ प्रतिशत, होटल एन्ड टुरिजमको १.१६ र फाइन्यान्सको १.२ प्रतिशतले सेयर कारोबार बढेको छ।

यसबाहेक अन्य उपसमूहरहरूको सूचक १ प्रतिशतभन्दा कमले मात्रै बढेको हो।

सोमबार युनाइटेड आइडिबी मार्दी आरबी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर ९.६५ प्रतिशतले बढेको छ। नेपाल हाइड्रो डेभलपरको ७.१९ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ७ प्रतिशतभन्दा कमले बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार एनटिसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ।

कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ ४० पैसाको कारोबार भएको हो।

यसपछि, जीवन विकास लघुवित्त वित्तीय संस्थाको २६ करोड ३ लाख २३ हजार ८४५ रुपैयाँ ७० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १० करोड १८ लाख २२ हजार ७६२ रुपैयाँ ८० पैसा, अपि पावरको ९ करोड ५० लाख ४७ हजार १ रुपैयाँ ९० पैसा र नेसनल हाइड्रोपावर कम्पनीको ८ करोड ५६ लाख ७३ हजार ४४० रुपैयाँ १० पैसाको कारोबार भएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्