Logo

सिरिजङ्गा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समिती गठन


मिति १९ फ्रेवअरि २०२२ सनिबारको दिन तुतु तुम्याहाङ लोकेन्द्र तबेबुङ याक्थुङबाको संयोजकत्वमा विभिन्न रास्ट्रबाट सहभागी भएका याकथुङ समुदायको भर्चुअल भेलाले ‘सिरिजङ्गा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समिती’ निर्माण गर्न तदर्थ समिति गठन गरेको छ ।

अन्य समुदायसंग हाम्रो सिरिजङगा लिपिलाई समायोजन गर्ने नाममा याक्थुङ (लिम्बु) समुदायको मर्म र भावना विपरित, हाम्रो ऐतिहासिक अमुल्य सम्पति, शान र गौरव सिरिजङ्गा लिपिको नाम फेर्न खोज्ने र लिपि नै तोडमोड गरेर यसको अस्तित्व र पहिचान माथि खेलवाड गर्न खोजेकोमा ‘सिरिजङगा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समिति’ यस्तो किसिमको घिनलाग्दो र निन्दनीय हर्कतप्रति घोर आपत्ति जनाउदै सिरिजङ्गा लिपि संरक्षणको लागि संघर्षरत नेपालमा गठित ‘सिरिजङगा लिपि संरक्षण संघर्ष समिति’ ले गर्ने हरेक खाले संघर्ष लगायतका विविध कार्य योजना हरुमा नैतिक, वैचारिक, समर्थन र समन्वय गर्ने सो संघर्ष समितिसँग पूर्ण ऐक्यवद्धता जाहेर गर्ने समितिले बताएको छ।

तदर्थ समिति तपशील बमोजिम छ :

अन्य पदाधिकार र, सदस्यहरु क्रमश थप गर्दै जानेगरी जुम भर्चुअल बैठकबाट गठन गरिएको वर्तमान ‘सिरिजङगा लिपि संरक्षण अन्तर्राष्ट्रिय समन्वय समितिका पदापधिकारीहरु :

सल्लाहकारहरुमा लोकेन्द्र तबेबुङ याक्थुङ्बा(युके ),टंक वनेम(युके),नरेन्द्र माबोहाङ(युके),बदन योङहाङ(बेल्जियम),दिल पालुङ्वा याक्थुङ्बा(युके),टंक सेलिङ(अमेरिका) रहेका छन।

त्यसैगरी अध्यक्ष तिलबिक्रम थेबे(कतार),उपाध्यक्षहरू :दिलसिङ मेन्याङबो(युके),उदय चोङ्बाङ पुर्बेली(मलेसिया), मान तबेबुङ(युके),भवानी माङ्मु(दुबई),बिक्रम पयाङगु(जर्मनी),सचिब -लोकेन्द्र नेम्बाङ ‘एल नेम्बाङ’(साउदी अरब),सहसचिब धनराज साम्याङ्खाम (साउदी अरब),अर्थसचिव-जय मादेम्बा (युके),सहअर्थसचिव योगेन सुब्बा (कतार),प्रवक्ता -अमित थेबे याक्थुङ्बा ( युके ) रहेका छन।

सदस्यहरु :१) बिकेन पालुङ्वा ( साउदी अरब ),२) सुमन येक्तेन ( मलेशिया ),३) भरत केदेम ( मलेसिया ),४) सान्तिराम इङनाम ( मलेशिया ),५) कान्छा सावदेन ( मलेसिया ),६) प्रेम हुक्पा चोङबाङ ( कतार ),७) मचिन्द्र मुदेन्छङ साबा ( सिङगापुर ),८) बिरेन तुम्बापो ( बहराइन ),९) कमल अन्छङ्बो ( युके ),१०) विमला तुम्खेवा ( हङकङ ),११) माबोहाङ माबोहाङ ( कतार ),१२) अर्जुन येक्तेन ( कुवेत ),१३) रबि चेन्जी माबो ( कुवेत ),१४) यामेस केसेम ( साउथ कोरिया ),१५) प्रेम इजम ( साउदी अरब ),१६) फबिन तुम्बापो खाजिमाक ( साउदी अरब ),१७) कर्ण लिम्बू ( पोर्चुगल ),१८) दिपेन चेम्जोङ ( दुबई ),१९) गोबिन्द लुम्फुङ्वा ( दुबई ), २०)अबि आङ्देम्बे ( इज्राइल ) ,२१) बलि येक्तेन ( साउदी अरब),२२) रबि मादेन ( साउदि अरब ) रहेका छन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्