नेकपा (एमाले) ले एमसीसीमा दोहोरो चरित्र देखायो – झाँक्री
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माओवादी र नेकपा एकीकृत समावजादीको सहमतीले संसदमा एमसीसी टेबुल भएको आसय व्यक्त गरेकी छन् ।
नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य समेत रहेकी झाँक्रीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सहमति नगरेको भए आइतबारको संसद बैठकमा एमसीसी टेबुल नै नहुने थियो भन्ने दाबी गरेकी छन् ।
एक टेलिभिजनसँगको अन्तवार्तामा झाँक्रीले यस्तो बताएकी हुन्। साथै झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसीमा दोहोरो चरित्र देखाएको टिप्पणी समेत गरेकी छन्।
साथै एमालेको दोहोरो चरित्रको मारमा आफुहरु पर्दै आएको उनको भनाई छ ।