Logo

संघीय लिम्बुवान प्रान्तिय मञ्चका अध्यक्षमा अमर मावोहाङ


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान प्रान्तिय मञ्च,कमल गाउँपालिकाले गत: फाल्गुन ७ गते सनिबार कमल गाउँपलिका-वडा न.१ बासबारि स्थित सामुदायिक हलमा तदर्थ कार्य समितिका अध्यक्ष मावोहाङ लिम्बू अमरको अध्यक्षतामा साबिक लखनपुर र तोपगाछी समायोजनपछिको एतिहासिक प्रथम अधिवेशनमा सम्पन्न गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र लिम्बुवान प्रान्तिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम राष्ट्रिय गान,ज्ञात-अज्ञात सहिदहरुप्रती मौनधारण र दिप प्रज्वलन संगै लिम्बुवानि दुई सहिद माङ्तोक लिम्बू र मनिल तामाङ्को तस्बिरमा माल्यापर्ण गरि खुल्ला सत्रको उदघाटन भएको थियो ।

साथै क्षेत्र नः ५ ख का क्षेत्रिय उपाध्यक्ष इन्द्र सदेम्बा बाट स्वागत मन्तब्य र कलाकार बाट स्वागत नृत्य समेत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष मावोहाङ लिम्बु अमरले आफ्नो एकबर्षे कार्यकालको राजनितिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष रण बहादुर हाङ्गाम लिम्बूले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिबेदनमा जम्मा एकबर्षको आम्दामि रु १,९१,९७८ खर्च रु ८७,९७८ र जम्मा बचत १,०४,००० रहेको बप्रतिबेदनमा खुलाएका थिए।

सो-कार्यक्रममा प्रमुख अथिती कुमार लिङ्देन मिराकले सम्बोधन गर्दै झापाको कमल गाउँपालिकामा लिम्बुवान राजनितिक गतिबिधिमा बिगतदेखी निक्कै सशक्त रुपमा अघि बडेको र आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्ने कुरामा आफू बिस्वस्त रहेको बताउनु भयो।

लिम्बुवान प्रन्तिय मञ्च कमल गाउपालिका कार्य समितिका अध्यक्षमा पुन: मावोहाङ लिम्बू अमर निर्वाचित भएका छन । भने उपाध्यक्षमा सातै ओटा वडालाई केन्द्रीत गर्दै ५,जना उपाध्यक्ष चयन गरेको छ।

क्रमशः प्रविन राई बरिष्ठ उपाध्यक्ष ,तेजु आङ्देम्बे, दल बाहादुर माझि,प्रज्वल लिम्बू,योगिन श्रेष्ठ, सचिवमा बिजेन्द्र मेन्याङ्बो र सहसचिवमा नर बहादुर केरुङ र पुजा कामी कोषाध्यक्षमा रण बहादुर हाङ्गाम लिम्बु र सह कोषाध्यक्षमा सोम अधिकारि रहेका छ्न ।

सद्स्यहरुमा क्रमश: अक्क्ल नेपाली, राजेन्द्र ताजपुरिया, राज कुमार धिमाल, मुकेश बेस्रा, छत्र सावदेन, पुर्ण आङ्देम्बे, चन्द्र बि.क, धन ब. नेम्बाङ, नरेन्द्र लिम्बू , निर्मला आङ्देम्बे , उत्तम लिम्बू , भिम ब. लावति , रमेश फियाक , सन्जोमी सावा र सोनु नेम्बाङ गरी २७ सदस्यीय समिती रहेको छ।

खुल्ला सत्रको कार्यक्रम संचालन बिजेन्द्र मेन्याङ्बोले गरेका थिए । भने बन्द सत्रमा निर्बाचन मण्डलीका संयोजक झापा जिल्ला अध्यक्ष नगेन राई र निर्वाचन मण्डली सद्स्यहरु झपा महिला मंचकी उपाध्यक्ष रनमाया नाल्बो र दमक नगर सचिवालय सद्स्य पदम बेगा रहेका थिए ।

अन्त्यमा: पुन निर्वाचित अध्यक्ष मावोहाङ लिम्बू अमरले आफुलाई पुन अध्यक्षमा समर्थन गर्नुहुने सम्पुर्णलाई धन्यबाद दिदै आगामी दिनमा अझै ससक्त रुपमा अघि बढ्ने साथै आफ्नो सम्पुर्ण कार्यसमिती संग हातमा हात मिलाउदै अगी बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै यो एतिहासिक आधिवेशन सफल पार्न आर्थिक नैतिक र भौतिक रुपमा सहयोगगर्ने सबैलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रम सफल पार्न (UAE दुबई) प्रबास समिती सदस्य लोकेन्द्र सम्बाहाम्फे बाट नेपाली १०/ हजार रुपैयाँ सहयोग गरेका थिए,साथै बेघा स्थानिय लिम्बुवान प्रेमिहरुले पनि आर्थिक सहयोग जुटाएका थिए । झापा जिल्ला सचिबालय सदस्य जय प्रकाश धिमाल बाट रु १५ हजार बराबरको साउण्ड सिस्टम प्रायोजन भयेको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्