अन्ततः रिहा भईन विप्लव नेकपाको युवा नेत्री सुनिता किराती
विप्लव नेकपाको नेत्री सुनिता किराती रिहा भएकी छिन । गत माघ २० गते मुद्दाको फैसला भएर रिहाई हुनु भएको हो । सुनिता किरातीलाई मुद्धाको लागेको २ बर्ष १० महिना २२ दिनपछि सफाई पाएकी हुन ।
गत २०७५ चैत्र १२ गते काठमाडौंको कोटेश्वर र गौशलाबीचबाट तत्कालिन संखुवासभाको जिल्ला सदस्य सुनिता किराती र जिल्ला ईन्चार्ज देब राज गुरुङलाई गिरफ्तार गरेको थियो । गिरफ्तारपछि संगठित अपराध सम्बन्धि मुद्धाहरु लगाईएको थियो ।
गिरफ्तारपछि काठमाण्डौको पुलिस क्लबमा राखेर अनुसन्धान हुँदै कालो चस्मा र हत्कडी लगाएर संखुवासभामा २ दिनपछि पुर्याईएको थियो । संखुवासभाको जेलमा पक्राउ पुर्जी लगेर थमाउदै हातहतीयार र आगजनिक, अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट, चन्दा आतङ्क र संगठित अपराध लगायतका मुद्धाहरु लगाईएको थियो ।
सुनिता किरातीले जेलमा हुँदा नै आमा गुमाउनु परेको थियो । आमा गुमाउदा समेत हत्कडि खोलिएको थिएन ।
गत २०७७ फागुन २१ गते तकालिन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेकपाकोबीच भएको तीन बुँदे सहमती अन्तर्गत विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो ।
सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा विप्लव नेकपाकातर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको थियो । अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने बाहेक अन्य बुँदा राम्रो कार्यन्वयन भएको छैन । सुनिता किरातीको राजनीति मुद्दा भएकोले ३ बुँदाको सहमती अनुसार गत बर्ष नै जेलमुक्त हुनुपर्ने भए पनि कार्यन्वयन पक्ष लागु नगर्दा र विविध कारणले गर्दा ढिलो भएको थियो ।
सुनिता किराती को हुन ?
सुनिता किराती संखुवासभा जिल्लाको साबिक गाबिस बिबिङ र हालको चिचिला गाँउपालिकामा जन्मेकी हुन । माओवादीमा जनयुद्धमा जोडिदै अखिल क्रान्तीकारीबाट राजनीतिमा शुरु गरेकी थिईन। पछिल्लो पटक नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छिन । सुनिता किराती किरात राई विद्यार्थी संघको पुर्व नेतृ समेत हुन ।