Logo

किसानका छोराछोरीलाई इजरायलले कृषि अध्ययनका लागि लैजाने


इजरायलले नेपालबाट साना किसान, कृषि सहकारी संस्थाका सदस्यका छोराछोरीलाई कृषि अध्ययनका लागि लैजाने प्रतिबद्धता जनाएको छ।

नेपालस्थित इजरायली दूतावासले उनीहरूलाई पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

साना किसान लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालासहितका अधिकारीहरूसँगको भेटमा इजरायली राजदूत हनान गोडरले कृषि प्रशिक्षार्थी पठाउन प्रतिबद्ध रहेको बताएका हुन्।

उनले नेपाली साना किसानहरूको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा उल्लेखीय भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे।

नेपालका ७७  जिल्लामा कृषि उत्पादनका लागि प्रविधिमा सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको पनि बताए।

नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्ययन गरेर फर्केका धेरै युवाहरू अहिले व्यवसायी बनिरहेका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्