Logo

सदन अवरुद्ध रहेकाले सभामुखलाई एमसीसी टेबल गरौँ भन्न उपयुक्त हुँदैन – प्रचण्ड


सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि सदन अवरुद्ध रहेकाले सभामुखलाई एमसीसी टेबल गरौँ भन्न उपयुक्त नहुने बताएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकमा उनले यस्तो बताएका हुन् ।

“अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएता पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरू कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो,” उनको सचिवालयले भनेको छ ।

बैठकमा प्रचण्डले एमसीसी संसद्मा टेबल नै गर्ने भए त्यसअघि संसदीय समितिमा छलफलका लागि पठाउनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने टेबल गरेर प्रक्रियामा लैजाने अडान राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्