देउवा सरकार एमसीसी संसद्मा टेबुल गरी पारित गराउने दाउमा
संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी विरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
‘नेपाली जनताको एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदूत र्यान्डी बेरीको ट्विट चीनका विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसद्मा टेबुल गरी पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टि गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ।
काठमाडौँ उपत्यकामा माइतिघर मण्डलावाट बिरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने देखी देशव्यापी रुपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ। जसअनुसार आज साना बामपन्थी दलले देशैभरी बिरोध प्रदर्शन गर्नेछन् ।