Logo

एमसीसी टेबल भए पनि माओवादी केन्द्रले पक्षमा मतदान नगर्ने


सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् ।

माओवादी केन्द्रका एक नेताले एमसीसी टेबल गर्न पार्टीमा सहमति जुटेको दाबी गरे ।

तर, टेबल गर्न दिए पनि पक्षमा भने मतदान नगर्ने ती नेताको भनाइ छ ।

“एमसीसी आज संसद्मा टेबल हुन्छ । अहिले गठबन्धनलाई जोगाउन टेबल गर्न दिने, टेबुल भए पनि पक्षमा मतदान गर्दैनौँ ।

त्यसपछि के हुन्छ हेर्दै जाने भन्ने छ,” ती नेताले  भने ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने नेताहरू बताउँछन ।

सत्ता गठबन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी)ले पनि शनिबार  एसमसीसी संसद्मा टेबल गर्न दिने तर यथास्थितिमा पारित हुन नहुने निर्णय गरको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्