गौतम बुद्धका २० उत्कृष्ट भनाईहरु
१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।
३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।
५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।
७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।
८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
१०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।
१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।
१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।
१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।
१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।
१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।
१७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
१८. हामी जे सोच्छौँ त्यहि बन्छौँ ।
१९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
२०. खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।
गौतम बुद्ध
गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता मान्ने गरिन्छ ।
बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो । उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनाको लागि हिँडेका थिए ।
उनको बास्तविक नाम सिद्धार्थ गौतम थियो । वैशाख शुक्ल पूर्णिमाको दिन पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट उनी जन्मिएका थिए ।
बुद्ध ज्ञान : अज्ञानले नै दुख, भ्रम, चिन्तालाई जन्म दिन्छ । लोभ, क्रोध, अभिमान, दुभिधा, ईर्ष्या, डर यहि अज्ञानको सन्तान हुन् । यी सबैलाई टाढा राख्नका लागि पहिले हामीले अज्ञानलाई मेटाउनु पर्छ । हामी भित्र प्रेम र सुइकृतिको भाव जाग्रित गर्नु पर्छ ।
यदी हामीले अज्ञानलाई मेटायेउ भने हामीमा सबै प्रति प्रेमको भाव जन्मन्छ । हामीले कसैलाई पनि घृणा गर्नु हुदैन, यस्तो व्यक्तिलाई नि होइन जस्ले हामीलाई घृणा गर्छ । किनकी घृणालाई कहिल्यै घृणाले समाप्त गर्न सकिदैन घृणा समाप्त हुन्छ त केवल प्रमले ।