Logo

चिनियाँ कम्पनीका अलिबाबा र टेन्सेन्ट कालोसूचीमा


संयुक्तराज्य अमेरिकाले चिनियाँ विशाल प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो व्यापार–व्यवसायको ‘कुख्यात बजारसूची’मा राखेको छ ।

अमेरिकाले उनीहरूले ठूलो परिमाणमा नक्कली ट्रेडमार्क बनाउन र कपिराइट गोपनीयता उल्लंघन गर्ने कार्यमा संलग्न रहेको भन्दै ती साइटहरूलाई कालोसूचीमा राखेको हो ।

सो सूचीमा अलिबाबा र टेन्सेन्ट कम्पनीद्वारा ४२ अनलाइन साइट र ३५ वटा फिजिकल स्टोरलगायत ई–कमर्स प्लेटफर्म सञ्चालित छन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइले एक विज्ञप्तिमार्फत विश्वव्यापी व्यापारमा नक्कली तथा चोरीपैठारी गरिएका सामानको बिगबिगी भएका कारण अमेरिकी सक्कलीपना र सिर्जनशीलता ओझेलमा परेको र अमेरिकी कामदारलाई हानि पुगेको जनाएकी छन् ।

अमेरिका र चीनबीच लामो समयदेखि व्यापार र प्रविधिमा विवाद रहँदै आएको छ ।

युनाइटेड स्टेट्स ट्रेड रिप्रेजेन्टेटिभ (यूएसटीआर)ले आफ्नो कालोसूचीमा पहिलोपटक अलिएक्सप्रेस र विच्याट ई–कमर्स साइटलाई संलग्न गराएको थियो ।

त्यसैगरी, टेन्सेन्टका प्रवक्ताले यूएसटीआरको निर्णयप्रति आपूmहरू पूर्ण रूपमा असहमत भएको बताएका छन् । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्