Logo

नेपालको ओमानमाथि सानदार जित


 

कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमा अल आउट भयो ।

ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात गरेको छ । योसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा बलिङतर्फ ओमानविरुद्ध सानदार प्रदर्शन गरेको छ ।  नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्न सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे ।

सन्दीप लामिछानेले १६ रन जोडे । लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।

ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । विलाल खानले दुई–दुई विकेट हात पारे । फयाज बट, जिसन मक्सुदले एक–एक विकेट लिए ।

ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो । ओमानका विलाल खानले पहिलो ओभरको छैठौं बलमा आशिफ शेखलाई खवारी अलीबाट क्याच गराए । विलालले तेस्रो ओभरको चौथों बलमा कुशललाई पुनः खवारीद्धारा क्याच गराएका थिए ।

फयाज बटले भने ज्ञानेन्द्रलाई सातौं ओभरको पाँचौ बलमा बोल्ड गरे । दिपेन्द्रलाई कप्तान जिसन मक्सुदको नवौं ओभरको तेस्रो बलमा नसिम खुसीले स्टम्पीङ गरेका थिए । खवार अलीले भने लोकेशलाई १४ औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याचआउट गराएका थिए । खवारले विवेकलाई १६ औं ओभरको अन्तिम बलमा फयाज बटबाट क्याच गराएका थिए । कमललाई खबारले १८ औं ओभरको दोस्रो बलमा कश्यप प्रजापतिबाट क्याच गराए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्