आदिवासी जनजाति आयोगको प्रतिवेदन एमालेको अवरोधबीच पनि प्रस्तुत

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बाबजुद शुक्रबारको संसद्को काम–कारबाही अघि बढाइएको छ ।
बैठकमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गरेका हुन् ।