Logo

सिसडोलसम्मको बाटो कालोपत्र नगरेसम्म काठमाडौँको फोहर फाल्न नदिने


५ दिनदेखि फोहर नउठ्दा काठमाडौँ उपत्यका दुर्गन्धित बन्दै गएको छ। अहिले उपत्यकाका चोक-चोकमा फोहोरका थुप्रा थुप्रिएका छन्।

फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र (पिच) गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न नसकेको हो ।

स्थानीयवासी, काठमाडौँ महानगरपालिका र सडक विभागबीच छलफल भए पनि सहमति हुन सकेको छैन।

सिसडोलवासीले बाटो पिच नभइ फोहर फाल्न नदिने अडान राखेका छन्।

काठमाडौँ महानगरपालिकाले भने समस्याको समाधानका लागि पहल गरिरहेको बताएको छ ।

महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले सम्बन्धित सरोकारवाला सबैको यो विषयमा ध्यानाकर्षण गराइरहेको बताइन्।

सडक विभागले तत्काल बाटो बनाउनका लागि आवश्यक जनशक्ति पठाउने बताइसकेकाले अब छिट्टै समस्याको समाधान हुने उनको भनाइ छ।

यो सडक खण्डमा बाटो बनाउने भनेर ठेकेदारले लामो समयदेखि काम नथाल्दा समस्या भएको हो ।

काठमाडौँ उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहर निस्कने गरेको महानगरपालिकाले जनाएको छ। वर्गीकरण नगरि एकै ठाउँमा फोहर हाल्दा यो परिमाण अझै बढ्न सक्छ ।

उपत्यकाको काठमाडौँ , ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

यी सबै फोहर निजी र महानगरका गरी दैनिक दुई सयभन्दा धेरै टिपर-ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका २ को सिसडाल लैजाने गरिएकोमा अहिले फोहर उठ्न नसकेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्