Logo

सेना फिर्ताको रुसी दाबी गलत – अमेरिका


अमेरिकाले युक्रेनसँगको सिमानाबाट सेनाहरू हटाउँदै गरेको रुसी दाबी गलत भएको जनाएको छ ।

एकजना वरिष्ठ अमेरिकी अधिकारीले यस्तो बताएका हुन् ।

बरु, हालैका दिनहरूमा सात हजार फौज सीमा क्षेत्रमा थपिएको उनको दाबी छ ।

ती अधिकारीले ‘कुनै पनि क्षणमा’ युक्रेनमा आक्रमण गर्न रुसले ‘झुटो’ बहाना बनाउन सक्ने पनि बताए ।

मस्कोले सैन्य अभ्यास सकिएपछि युक्रेनी सीमाबाट आफ्ना सेनालाई हटाउन लागेको जनाएको छ ।

तर, पश्चिमी अधिकारीहरूले उक्त दाबीलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको बताएका छन् । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्