Logo

एमसिसी पक्षमा राजधानीमा मोटरसाइकल र्याली


अमेरिकी सहायता परियोजना (एमसिसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट सुरु भएको मोटरसाइकल ¥यालीले माइतीघरमण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

¥यालीले एमसिसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै ¥यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले आज संसद्मा एमसिसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।

पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा केही प्रभावित भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्