निर्वाचन सार्न महाअभियोग प्रस्ताव ल्याएको हो – ईश्वर पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘कुनै पनि बेला जे पनि हुन सक्ने’ बताएका छन् ।
त्यसैको तयारीस्वरूप एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेको उनको भनाइ छ ।
मंगलबार जनकपुरधाममा प्रेस चौतारी धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले स्थानीय निर्वाचनको मिति सार्न महाअभियोग प्रस्ताव ल्याएको दाबीसमेत गरे ।
सत्ता गठबन्धनले आफ्ना गल्तीहरू लुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको उनले बताए ।
उनले सभामुख अग्नि सापकोटामाथिको मुद्दा, नेकपा एकीकृत समाजवादीका १३ सांसदलाई कारबाहीको पेशी सार्न र निर्वाचन मिति पर धकेल्न महाअभियोगको प्रस्ताव ल्याइएको जिकिर गरे ।