Logo

एमसीसी नेपालको कानुनविपरीत छैन – डा. महत


नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी परियोजनामा इन्डोप्यासेफिक रणनीतिको अंश नभएको बताएका छन् ।

उनले परियोजना पारित भए अमेरिकी सेना आउँछ भन्ने गलत प्रचार गरिएको बताए ।

मंगलबार पार्टी संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे ‘बिफ्रिङ’ गर्न पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै त्यसबारे गलत तरिकाले आलोचना भइरहेको बताए ।

“यो इन्डिोप्यासेफिक रणनीति होइन । सैन्य सम्झौता हुन्छ भन्दै गलत प्रचार भइरहेको छ,” उनले भने, “यो नेपालको कानुनविपरीत पनि छैन ।

दुई देशको जे सम्झौता भएको छ, त्यो नेपालको कानुनविपरीत पनि छैन ।”यही फागुन १६ गतेभित्र परियोजना पारित नभए सहयोग फिर्ता हुन सक्ने भन्दै उनले कुनै पनि हालमा पारित हुनुपर्नेमा जोड दिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्