सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुन्छ – ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको बताएका छन् ।
नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘यो सबै (महाअभियोग) गलत छ।
सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको थियो तर त्यसको एक सातापछि यस्तो काम (महाअभियोग) गर्यो’ ।
यस्तै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुने पनि बताएका थिए।
‘यो सबै गतिविधि स्थानीय निर्वाचन समयमा गराउने षड्यन्त्र पनि हो,’ उनले भनेका थिए ।
यस्तै, एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ।
साथै सरकारको गतिविधि विरुद्ध एमालेले जन संघर्ष गर्ने बताइएको छ ।