Logo

हामीहरूले आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौ – ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलमा सम्बोधन गर्दै आफूहरूले आवेश र उत्तेजनामा आएर निर्णय नगर्ने बताएका छन्।

संसदीय दलको बैठकबाट केही बेर बाहिर निस्किएका सांसद घनश्याम भुसालका अनुसार सर्वोच्चका न्यायाधीशहरूलाई एमालेले महाअभियोग लगाउने विषयमा अध्यक्ष ओलीले त्यसो भनेका हुन्।

‘हामी आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौं। नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ,’ ओलीको भनाई उद्धृत गर्दै भुसालले भने।

सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

त्यसबारे आफ्नो धारणा बनाउन र कदम चाल्न एमालेले हिजोदेखिनै बैठकहरू गरिरहेको छ।

हिजो साँझ पार्टी अध्यक्ष ओली निवास बालकोटमा बसेको सचिवालयका सदस्यहरूको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो।

कस्तो प्रतिवाद गर्ने भन्ने निर्णय आज बस्ने संसदीय दलले गर्ने भनिएको थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलमा सम्बोधन गर्दै आफूहरूले आवेश र उत्तेजनामा आएर निर्णय नगर्ने बताएका छन्।

संसदीय दलको बैठकबाट केही बेर बाहिर निस्किएका सांसद घनश्याम भुसालका अनुसार सर्वोच्चका न्यायाधीशहरूलाई एमालेले महाअभियोग लगाउने विषयमा अध्यक्ष ओलीले त्यसो भनेका हुन्।

‘हामी आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौं। नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ,’ ओलीको भनाई उद्धृत गर्दै भुसालले भने।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्