Logo

‘माना पचनी र दिन कटनी’ गर्ने ‘राई’ बुद्धिजीवीहरु !


–निनाम लोवात्ती

‘बेवकुफ र समझदारले कसैको पनि नोक्सान गर्दैनन्,
मात्र केही पागल र बुद्धिमानहरू खतरनाक हुन्छन्।’

माथिको भनाइ आधिकारिक रुपमा कसको होला ? किनभने यो पंक्तिकारलाई थाहा भएन । तर, मैले सँधै फेसबुकमा देख्ने÷भेट्ने गरेको हुनाले यो लेखमा माथिको भनाइलाई तानेर सन्दर्भ–स्रोतको रुपमा राखेको छु । वास्तवमा ‘बेवकुफ र समझदारले कसैको पनि नोक्सान गर्दैन, मात्र केही पागल र बुद्धिमानहरु खतरनाक हुन्छन् ।’ भनी त्यसै भनिएको होइन रहेछ । आखिर माथिको सो भनाइ जसले भनेको भए पनि नेपालको सन्दर्भमा एकदमै सही रहेको/भएको देखिन्छ । त्यसमा पनि नेपालका आदिवासी जनजातिहरु अझ भएन, किरातीहरु, किरातीहरु भित्र पनि ‘राई !’ भन्ने र भनिनेहरुमा त माथिको सो भनाई ‘एक सय प्रतिशतमा एक सय’ प्रतिशत नै मिलेको देखिन्छ । कसरी त ? भन्ने सम्बन्धमा भने, थप प्रस्ट पार्दै तल उल्लेख गर्ने/लेख्ने छु ।

जस्तो कि, राई जातका बारेमा लेख्ने, बोल्ने र आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, भाषाविद, मुन्धुमविद (हामी कुलुङहरु मुन्धुमलाई ‘रीदूम’ भन्छौं ।), विश्लेषक, लेखक, जान्ने–सुन्ने–बुझ्ने (अति जान्ने सुन्ने, बुझ्ने /अजासुबु !), भूतपूर्व मन्त्री, भूपू सांसद, विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, गायक, कलाकार, चित्रकार आदि भनी आफ्नो नामको अगाडि विशेषण र फुर्को झुन्ड्याएका/झुन्ड्याईएकाहरुले आपूmले लेख्ने, बोल्ने, भाषण गर्ने अन्तार्वार्ता दिने क्रममा राई के–कति कारणले जात हो ? अथवा जाति हो ? प्रस्ट्याएर कहिल्यै अन्तार्वार्ता दिएको, बोलेको, भाषण गरेको वा लेख लेखेको, फिचर लेखेको देखिँदैन । केवल ‘२८ भाषी राई, एक जाति राई !, राई फुट्नु हुँदैन’, अल्पसंख्यक हुनु हुँदैन, राउटे हुनु हुँदैन !’ भनेर एकोहोरो वा भनौं एकपाखे ढंगले मात्रै अन्तार्वार्ता दिएको, बोलेको, भाषण गरेको वा लेख लेखेको, फिचर लेखेको देखिन्छ । उनीहरुले पातपातमा मात्रै बहस र छलफल गर्ने गरेको देखिन्छ ।

तर, राई जात वा जाति हो भन्ने आधार के हो ? राईको जात वा जाति हुने आधार के छ ? राई जात वा जाति नै हो भने राई कामरेडहरुले सबैभन्दा पहिले राई जात, समूह वा वर्ग मात्रै हो कि ?, राई जाति वा समुदाय नै हो ? सो बारेमा प्रस्टसँग लेख्नुपर्ने, बोल्नुपर्ने, भन्नुपर्ने देखिन्छ । यदि राई जात, समूह वा वर्ग मात्रै हो भने, ‘राईलाई आदिवासी जनजाति सूची’बाट हटाउनु पर्छ । यदि राई जाति वा समुदाय (त्यो पनि आदिवासी जनजाति !) हो भने अन्य जाति वा समुदायमा भए जस्तै राईको पनि छुट्टै मातृभाषा, छुट्टै र मौलिक भेषभुषा, राईको ऐतिहासिक भूमि वा भनौं उत्पत्तिथलो, राईको वंश वा पिता पूर्खाहरु कोको हुन् ? उनीहरुको नाम सूची, अहिलेसम्म आई पुग्दा राईको पुस्ता कति पुग्यो ? वंश–वृक्ष र सो वंश–वृक्षको सूचीका साथै राईको जातीय गरगहना, राईको परम्परागत कानुन, राईको थर एवम् उपथरहरु केके हुन् ? देखाउन सक्नु पर्छ । त्यस्तै राई साँच्चै जात हो अनि आठपहरया, बान्तावा, दुमी, कोयु, पुमा, याम्फु, वाम्बुले (हाम्रोतिर चौरासे राई ! भन्छन्) आदिचाहिँ थर हो भने बान्तावा–बान्तावबीच, याम्फु–याम्फुबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच कसरी विवाह भई रहेको छ ? राई जात र बान्तावा, पुमा, कोयु दुमी आदि थर मात्रै हो भने त्यसरी एकै थरमा (बान्तावा–बान्तावबीच, दुमी–दुमीबीच, कोयु–कोयुबीच, पुमा–पुमाबीच, वाम्बुले–वाम्बुलेबीच) विवाह गर्दा उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार हाडनाता करणीको मुद्धा लाग्नुपर्ने होइन र ? कि राई भन्नेहरु मुसलमान जस्तै हुन् ? जो दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने हो ?

त्यत्तिकै आफ्नो नामको अगाडि ‘प्रा., डा., प्राडा, प्रोफेसर’ आदि जोड्ने तर, कोही व्यक्ति, समूह वा वर्गका अगुवा भनिनेहरु रिसाउलान् कि, कसैले दानापानी र खाईजीवीका चलाउने बाटो वा भनौं मुहान नै पो बन्द गर्देलान् कि !? भनेर सत्य–तथ्य सूचनाहरु दिन नसक्ने, वास्तविक कुरो भन्न नसक्ने र, लेख्न नसक्ने अर्थात् ‘सेतोलाई सेतो भन्न नसक्ने र कालोलाई कालो भन्न नसक्ने !’ तापनि पढाएर, लेखाएर, लेखेर, बोलेर, अन्तर्वार्ताहरु दिएर, अन्टसन्ट वकालत गरेर, बौद्धिकता हाँकेर खाईजीवीका चलाउने र बुद्धिजीवी भनिनेहरुले पनि राई जात, समूह, वर्ग मात्रै हो कि, जाति वा समुदाय नै हो ? किटानी साथ लेख्नुपर्ने, बोल्नुपर्ने अन्तर्वार्ता दिनुपर्ने, वकालत गर्नुपर्ने देखिन्छ । जबकि हामीलाई के थाहा छ भने, राई भन्नेहरुको आप्mनो छुट्टै मातृभाषा नभएकैले/नभेटेकैले गर्दा संस्था दर्ता ऐन–२०३४ अन्तर्गत दर्ता गरेको आप्mनो संस्था, राई यायोक्खा नामक एनजिओ, समाजकल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ र, जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर–३२८/०४९/०५० को नाम अर्काको भाषा (बान्तावा जातिको भाषा) मा ‘यायोक्खा’ राख्नु परेको सबै सामू विदितै छ । त्यस्तै राई भन्नेहरुले नाच्ने गरेको नाच (चण्डी नाच) को नाम पनि चाम्लिङ जातिको भाषामा ‘साकेला’ राखिएको, भनी यो पंक्तिरालाई भूपू क्याप्टेन मामा (जो ललितपुर जिल्लाको मानभवन, नखिपोट एरियमा बस्नु हुन्छ ।) ले भन्नु भएको हो । उहाँका अनुसार ‘यायोक्खा’ भनेर बान्तावा जातिको नाममा राई भन्नेहरुको संस्थाको नाम राखेपछि चाम्लिङहरुले पनि ‘चण्डी नाच’को नामचाहिँ चाम्लिङ जातिको भाषामा ‘साकेला’ राख्ने प्रस्ताव गरियो । त्यसपछि ‘साकेला’ नाम पारित भयो अरे ! तर, हामी कुलुङहरुका हकमा कदापि त्यस्तो होइन । किनभने, कुलुङ जातिको अरु जातिको भन्दा छुट्टै मातृभाषा, ऐतिहासिक भूमि (‘महाकुलुङ भूमि/भू–क्षेत्र’), वंश–परम्परा जस्तै अरु जातजाति वा समुदायले हामीलाई “कुलुङ” भनेर चिन्नुअघि हाम्रा २३/२४ जना पूर्खाहरु होलेन्दा, होहोरेम, तूम्नो, नीनाम–रीदूम, खप आदि पूर्खाहरु छन् । त्यसभित्र पनि हाम्रा प्रमुख चार प्रमुख पूर्खाहरु छन् । जस्तै छेम्सी, ताम्सी ,खप्दूलू (पिल्मो/पेल्माङ), राताप्खू (सोत्तो सोताङ) अनि मात्रै हामी आफ्नो मातृभाषामा “कूलू” इथ्नोनिम र अरुले दिएको भाषामा “कुलुङ” एक्सोनिमले चिनिन थालेका हौं ।

त्यति मात्रै होइन, कुलुङ जातिको ऐतिहासिक भूमि, इतिहास, वंश–परम्परा, वंश–वृक्ष, मौलिक भेषभुषा, मातृभाषा,मिथक, लोक कथा, गरगहना, भेदभावरहित समाज, हामी भन्ने भावना, परम्परागत कानुन, मूल्य–मान्यता, बाजागाजा, नाचगान, अरुको भन्दा जीवनशैली, फरक संस्कार, संस्कृति, चालचलन, रहनसहन, चाडबाड, रीतिथिति, आप्mनै समुदायभित्र विवाहवारी चल्ने, नाता–कुटुम्ब (जस्तो कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर र उपथरहरु रहेको छ । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्छ ।) गर्ने प्रचलन आदि रहेको छ । अर्को उदाहरण दिनु पर्दा “राई यायोक्खा” नामक जनु संस्था छ, सो संस्था दर्ता ऐन–२०३४’ अन्तर्गत दर्ता भएको हो । त्यो पनि जातीय संस्था भनेर दर्ता भएको होइन, सामाजिक संस्था भनेर दर्ता भएको हो, गैर सरकारी संस्थाको रुपमा । जे होस्, सो संस्थाको समाज कल्याण परिषद सीडब्लुसी÷दर्ता नम्बर–२६५६ रहेको छ भने, सो संस्थाको काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रकामा दर्ता रहेको रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) रहेको छ ।

मैले ‘राई यायोक्खा’ नामक संस्थाको माथिको छोटो वृतान्त किन लेखेको हो भने, सो संस्थाको तत्कालीन महासचिव राजबहादुर राई ज्युले यो पंक्तिकाराई विसं २०६१/०६२ ताका मंसिरे पूर्णेको अवसरमा काठमाण्डौको टुँडीखेलमा चण्डी नाच नाच्न बोलाउँदा मैले ‘आउन त आउँला तर, म राई होइन नि !’ भनी नसक्दै उहाँले ‘हामी सबै … हो नि, हामी सबैको हो नि, आउनुस् न, आउनुस् !’ भन्नु भएको थियो । लगत्तै मैले ‘अनि दौरा, सुरुवाल र ढाका टोपी नै ‘राई !’हरुले लगाउने जातीय पोशाक हो ? भनी प्रश्न गरी नसक्दै उहाँले ‘अँ …. हो नि, हामी सबैको दौरा–सुरुवाल हो नि !’ भनी जवाफ दिनु भएको थियो । तुरुन्तै मैले ‘हामी कुलुङको त पुरुषले लगाउने यस्तो–यस्तो नामको जातीय भेषभुषा हुन्छ, महिलाले लगाउने यस्तो–यस्तो नामको गरगहना हुन्छ, हाम्रो (कुलुङ) को त यस्तो–यस्तो संस्कार हुन्छ, संस्कृति हुन्छ, मूल्य–मान्यता र परम्परागत कानुन हुन्छ, … आदि’ हुन्छ भनी नसक्दै ‘ए…कहाँ हुनु नि…, हामी चाम्लिङको पनि … हुन्छ नि !’ भन्नु भएको थियो ।

तर, उहाँ जस्तो राई जातिवालाहरुको सुरु–सुरुमै ‘पिलर’ (महासचिव) भई सक्नु भएको मान्छे अहिले आएर आफुलाई राई र चाम्लिङ होइन, कोयु राई भन्नु हुन्छ अरे ! यो कुरो मेरो कानले सुनेको हो । किनभने, राउटे समुदायमा के विश्वास र मान्यता रहेको छ भने, आफ्नो आँखाले देखेको कुरो मात्रै पत्याउनु पर्छ, कानले सुनेको होइन ! जे होस्, यस्तो किन भयो त ? उता राई जातिवालाहरुकै संस्थाका अर्का पूर्व महासचिव चन्द्रविक्रम राई ज्यु पनि अहिले आएर आपूmलाई राई मात्रै नभनेर बुङलावा राई भन्नु हुन्छ अरे ! स्मरणीय छ, चन्द्रविक्रम राई ज्युले २०६४ को माघ (हाल संसद भवन रहेको नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा) महिनाको पहिलो हप्ता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) को संघीय परिषदको बैठक बस्दै गर्दा बाहिर (पश्चिम गेटमा) कुलुङलगायत सूचीकरणबाट वञ्चित लगभग डेढ दर्जन जातीय संघ–संस्थाका अगुवाहरुको नेतृत्वमा सम्बन्धित जातिका मानिसहरुले विरोध प्रर्दशन गर्दै थियो भने, तत्कालीन संसद भवनभित्र चाहिँ चन्द्रविक्रम राई ज्युले कुलुङ समुदायका एक जना अगुवालाई मात्रै लक्षित गरेर ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ !’ भनेर पर्चा बाँड्दै हुनुहुन्थ्यो । सो पर्चा यो पंक्तिकारसँग अभैm सुरक्षित छ ।

जबकि आदिवासी जनजाति हुनलाई चाहिने आधार भनेको व्यक्तिको ‘नागरिकता, पासपोर्ट, जग्गा धनीपूर्जा, स्कूल, कलेज वा विश्वविद्यालय पढेको विद्यार्थी कार्ड, सर्टिफिकेट, निजामती कर्मचारी परिचयपत्र, पेन्सन पट्टा, वृद्घभत्ता कार्ड, ड्राईभिङ लाईसेन्स आदि नभएर उसको जातिगत उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, अरुको भन्दा फरक मातृभाषा, फरक भेषभुषा, फरक संस्कार, संस्कृति, फरक रहनसहन, मौलिक धर्म, चाडबाड, परम्परागत कानुन, परम्परागत मूल्य–मान्यता, हामी भन्ने भावना, भेदभावरहित समाज आदि हो ।

जहाँसम्म राई जातिको सवाल छ, जसले, जसरी र जतिपटक ‘अकबरी सुनले जलप’ लगाउन खोजेर राई जाति नै हो भनेर प्रमाणित गर्न खोजे तापनि राई भनेको जात वा जाति हुँदै होइन । स्थानीयस्तरको राजासरह जनाउने शब्द मात्रै हो, पदवी मात्रै हो, पगरी मात्रै थियो/हो, ‘–राई शब्द ।’ जुन शब्दका बारेमा माथि नै धेरै पटक गन्थन–मन्थन गरिएको छ, धेरै पटक, धेरै कोणबाट उदाहरणहरु दिईएको छ कि, ‘राई’÷‘राइ’ शब्दको व्युत्पत्ति ‘राया’/‘राय’ हो र, नेपालमा पहिलोपटक कर्णाली प्रदेशमा यो शब्द ‘राजा’ भन्ने अर्थमा प्रयोग भएको भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । त्यस्तै नेपालको पूर्वी भेगमा सबैभन्दा पछि विसं २०५०/०५१ मा संखुवासभा जिल्लामा भूमिसुधार ऐन पूर्ण रुपमा लागू भएको हो । जहाँ ‘पाँचखपन’, ‘पाँच मझिया’ र ‘दश मझिया’ क्षेत्रहरु थिए भने, ती क्षेत्रमा दूर्गामणि देवानले पनि आप्mनो असली अर्थात् तालुकदार/जिम्मावाल राई बाबुको मृत्युपछि ‘राई !’ पदवी/पगरी चलाउउनु भएको थियो । दूर्गामणि देवान हाल ललितपुर जिल्लाको भैसेपाटीमा बस्नु हुन्छ । त्यसैले राई जातिवादी कामरेडहरुले एकपटक उहाँलाई प्रत्यक्ष भेटेर राई के हो, को हो ? भन्ने बारेमा सोधखोज गरे अझ राम्रो हुन्छ ।

कोहीकोही राई कामरेडहरुले अझै पनि कताकति आफ्नो लेख, अन्तर्वार्ता, भनाइ र, फिचर लेख आदिमा कुलुङ जाति लगायतका किरातीहरुले डलर खानलाई मात्रै राई फुटाउनका लागि केही टाठाबाठाहरु लागेको भन्ने आशय व्यक्त गर्नेगर्नु भएको छ । त्यो वास्तवमा सही होइन । कुलुङ लगायत किरातीहरुले होइन कि, वास्तवमा तत्कालीन श्री ५ को सरकार, विदेशी दातृ निकाय, अन्तर्राष्ट्रिय गैर सरकारी संघ–संस्था, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) आदिबाट ‘२८ भाषी राई, एक जाति राई !’ भन्नेहरुले धेरै नै अमेरिकी डलर, ब्रिटिश पाउन्ड, रियाल, दिनार, येन, क्रोन, भारु, रुबल, गिल्डर, फ्रेंक, भाट, रेन्मिबी, रिंगेट, रुपैँया, पैसा ल्याएर (प्रोजेक्ट चलाएर) खाएका छन् । अब चाँडै सो तथ्यांक र बिल भरपाईहरु हामीले सार्वजनिक गर्ने विचार गर्दैछौं । किनभने, अति नै भो, राईवादीहरुको हामी माथिको मिथ्या आरोप र चुरीफुरी ।

त्यसपछि ‘२८ भाषी राई, एक जात राई !’ भन्नेहरुको संस्था ‘राई यायोक्खा’ र तिनका हर्ताकर्ताहरुले “अमेरिकी डलर, ब्रिटिश पाउन्ड, रियाल, दिनार, येन, क्रोन, भारु, रुबल, गिल्डर, फ्रेंक, भाट, रेन्मिबी, रिंगेट, रुपैँया, पैसा ल्याएर (प्रोजेक्ट चलाएर) खाएका छन्” कि, ‘राई जात वा जाति होइन, शासकहरुले दिएको पद, पदवी वा पगरी मात्रै हो, त्यसैले हामी हाम्रो टाउकाबाट राईको सिङको भारी ! लाई हटाउँःछौं/फाल्छौं !!’ भनी विगत २१/२२ वर्षदेखि गाँठो देखिने पाइन्ट र चप्पल लगाएर र, चिया–बिस्कुटसमेत सगोलमा पैसा उठाएर खाएर वा त्यति पनि गर्न नसक्दा पानी मात्रै खाएर पनि खटेका कुलुङलगायत अन्य किरातीहरुले खाएछौ ? त्यसपछि गलफत्ती गरीरहनु भन्दा छानबिन गर्नका लागि एक स्वतन्त्र आयोग नै गठन गरे पनि भयो । त्यसो त कतिपय कुलुङका अगुवाहरुले आफ्नो हुँदा खाँदाको जागिर छाडेर लाग्नु भएको छ, जागिर खाँदा वचत गरेको तलबको केही अंश (पैसा) ले जोडेको घडेरीसमेत बेचेर पनि लागीरहनु भएको छ । कतिपय अवस्थामा त विभिन्न कार्यक्रम चलाउन कुलुङ समुदायमा गएर एकएक रुपैँया चन्दा संकलन पनि गर्ने गरेका छौं ।

बरु, कथित् राई जातिको संस्था भनिने राई यायोक्खाका हर्ताकर्ताहरुले विगतमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ले कुलुङ जातिको संस्थालाई दिन खोजेको÷दिएको केही रकम पनि राजनीतिक पहुँच र भीड देखाएर रोकेको र एक–दुई पटक त कुलुङका लागि आएको पैसा उक्त संस्था आफैले लगेको इतिहास पनि छ । सो रेर्कड हामीले सुरक्षित राखेका छौं । सायद सो रकमको भौचर प्रतिष्ठानमा अभैm पनि सुरक्षित नै होला । प्रतिष्ठानका धेरैजसो कर्मचारीहरु हाल रिटार्यड भए तापनि केही अझै पनि प्रतिष्ठानमै कार्यरत रहेका छन् । त्यसो त रिटार्यड भएका कर्मचारीहरु पनि कठमाण्डौमै छन्, उनीहरुलाई पनि सोध्न सकिन्छ, मेरो कुरो गलत लागेमा । अन्तमा विद्धान राई ज्युहरुलाई मेरो प्रश्न छ, कहिलेसम्म –‘बेवकुफ र समझदारले कसैको पनि नोक्सान गर्दैन, मात्र केही पागल र बुद्धिमानहरु खतरनाक हुन्छन् ।’ भन्ने उक्तिलाई चरितार्थ गर्दै र झुटको सहारा लिँदै वा राई के–कति कारणले जात वा जाति हो ? भन्ने तथ्य र प्रमाणबिनै सुगा रटाई गर्दै ‘माना पचनी, दिन कटनी र खाई जीबिका’ चलाएर बस्नु हुन्छ ?

थप केही जानकारी चाहिएः ९८४९८५९९७, ९८६९५२४०२५ ninmakirat123@gmail.com

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्