Logo

माओवादी कम्युनिष्ट पार्टी, नेपालले २७ औं जनयुद्ध दिवस भब्य मनायो


जनयुद्धको २७ औं बर्ष प्रवेशको अवसरमा माओवादी कम्युनिष्ट पार्टी, नेपालले देश ब्यापी रुपमा जनयुद्ध दिवसको कार्यक्रमहरु गरेको छ ।  विभिन्न जनयुद्धकालिन माओवादी घटकहरुले आज देशभर विविध कार्यक्रमहरु समेत आयोजना गरेका छन् ।  आज देशभर भेला, गोष्ठि, अन्तरक्रिया र प्रदर्शन गरेर २७ औं महान जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।

२७ औ जनयुद्ध दिवसको अवसरमा आज प्रदेश नं १ सुनसरी जिल्लाको खनारमा एक कार्यक्रम गर्दै २७ औ जनयुद्ध दिवस मनाएका हो ।  उक्त कार्यक्रमा माओवादी कम्युनिष्ट पार्टी, नेपालको अध्यक्ष गोपाल किरातीको प्रमुख अथिथ्यमा सम्पन्न गरेको थियो ।

कार्यक्रममा कार्यक्रम सभापती प्रदेश इन्चार्ज लीला खड्का ‘मिलन’ र वाईसिएलका इन्चार्ज प्रकाश राई ‘गौरब’ आआफ्नो धारणा राखेको थियो । उक्त कार्यक्रम सन्चालन लता कार्किले गरेकी थिइन ।

माओवादी कम्युनिष्ट पार्टी, नेपालको अध्यक्ष गोपाल किरातीले जनयुद्धको बारे बोलेका थिए । प्रचण्डहरु अदालती माओवादी र अन्य खाउवादी माओवादी भए । त्यसैले इमान्दारी माओवादी मिलेर क्रान्ती गर्नु पर्ने र भएको उपलब्धिको रक्षा गर्दै बाकी क्रान्तिको कार्यभार पुरा गर्नु पर्ने बताए ।

त्यस्तैगरी नेवा-ताम्सालिङ प्रदेशमा समेत एक कार्यक्रम गरेको थियो । माओवादी कम्युनिष्ट पार्टी, नेपालको पार्टी कार्यालयमा नेवा-ताम्सालिङ प्रदेश इन्चार्ज पासाङ मोक्तान सभापतिमा माओवादी कम्युनिष्ट पार्टी, नेपालको कार्यालय सचिव सुरेन्द्र कटुवालको प्रमुख अथिथ्यमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा नेपालमा गणतन्त्र आउनु र अहिलेका परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको कुरा मोक्तानले बताए।

 

माओवादी कम्युनिस्ट पार्टी, नेपाल अन्तगर्त खसान गणराज्यले २७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । खसान गणराज्यको इन्चार्ज लोकेन्द्र राज थापाको प्रमुख अथिथ्यमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वय र राष्ट्रियताको रक्षाका लागी क्रान्ती आवश्यका रहेको कुरा खसान गणराज्यको इन्चार्ज लोकेन्द्र राज थापाले बताए ।

माओवादी कम्युनिष्ट पार्टी, नेपालले मधेश प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता र जनसमूदायले जनयुद्ध दिवसमा विभिन्न कार्यक्रम गरेका छन् ।

विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्