Logo

क्रान्तिको कार्यभार पुरागर्ने प्रतिवद्धतासहित माके (क्रान्तिकारी) द्धारा २७ औं जनयुद्ध दिवसमा प्रदर्शन र अन्तरक्रिया सम्पन्न


 

दिनेश कुमार श्रीवास्तव

जनयुद्धको २७ औं बर्ष प्रवेशको अवसरमा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) लगाएत विभिन्न जनयुद्धकालिन माओवादी घटकहरुले आज देशभर विविध कार्यक्रमहरु आयोजना गरेका छन् । माओवादी केन्द्र (क्रान्तिकारी) ले राष्ट्रियता खतरामा परेको भन्दै एमसीसी खारेजी आन्दोलनको मुख्य नारासहित आज देशभर भेला, गोष्ठि, अन्तरक्रिया र प्रदर्शन गरेर २७ औं महान जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।

जनयुद्धको स्मरण गर्दै माओवादी केन्द्र (क्रान्तिकारी) ले ‘जनयुद्ध र क्रान्तिको बाँकी कार्यभार’ विषयक अन्तरक्रिया तथा राष्ट्रघाती एमसीसी विरुद्ध नारा, जुलुससहित प्रदर्शन गरेर देशभर जनयुद्ध दिवस मनाएको हो । माओवादी केन्द्र (क्रान्तिकारी) ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै, क्रान्तिका बाँकी कार्यभारहरु सम्पन्न गर्ने दिशामा अघिबढ्ने प्रतिवद्धता गर्दै देशका विभिन्न स्थानमा आज कार्यक्रम सम्मपन्न गरेको हो ।

माओवादी केन्द्र (क्रान्तिकारी) को केन्द्रीय समितिद्धारा लुम्बिन िप्रदेशको नेपालगञ्ज स्थित होटेल इन्द्रेणीमा आज पार्टीका नेता, कार्यकताृहरु र दर्जनौ उत्पििडत वर्ग जनसमूदायको उपस्थितिमा जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्र (क्रान्तिकारी) को बाँके जिल्ला सेक्रेटरी राजेन्द्र गोडियाको अध्यक्षता तथा पार्टी महासचिव लोकराज जैसी (लोकेश) को प्रमुख आतिथ्यताान सम्पन्न उक्त कार्यक्रममा माके (क्रान्तिकारी) का नेताहरु सालीकराम पाठकको विशेष आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा माके (क्रान्तिकारी) केन्द्रीय सदसय तथा जनप्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रीवास्तव, पार्टीको बाँके जिल्ला सदस्य तथा मधेशी मोर्चाका केन्द्रीय सदस्य गुलामचन्द्र पाण्डें, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पूणृचन्द्र शाह, अखिल (क्रान्तिकारी) बाँकेका नेता दिपक शाही लगाएतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा माके (क्रान्तिकारी) मा आवद्ध विभिन्न स्थानबाट नेता, कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गंगाराम कार्यं, मोहेल कौलिक, शरिदर्शनसिंह चौहामा, कान्छा बठही, शिवम वर्मा, राजकुमार शाह, शुभम वर्मा, विशाल वर्मा, प्रेमवर्ति कौलक, ननकाई कौलक, आशिष पाठक, लल्लुराम बर्मा, सन्तोष मिश्रा लगाएतको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका अधिकांश अतिथि र सहभागिहरुले सर्वहारावर्गिय राज्यसत्ताँ प्राप्तीको लागि थालिएको जनयुद्ध र पछिल्ला जनआन्दोलनहरुबाट आएको लोकतान्त्रीक गणतन्त्र उत्पीडित जनसमूदायको हितमा नरहेको भन्दै त्यसले दलाल संसदीय नेता, कार्यकर्ताहरुको हित गरेको, मुलुकमा महंगी, कालाबजारी बढाएको, सामाजिक अपराध बढाएको, जनतालाई अजित पारेकोमा जोड दिएका थिए ।

सहमागीहरुले वर्तमान व्यवस्थाले जनताको सेवा नगरेको भन्दै त्यसको विकल्पमा माओवादी केन्द्र (क्रान्तिकारी) ले संघर्षको उद्घोष गर्नुपर्ने सुझाव दिएका थिए । सहभागिहरुले माके (क्रान्तिकारी) लाई जनआवाज बोल्ने, जनप्रिय पार्टीको रुपमा ग्रामीण क्षेत्रबाट विकास गर्दैअघि बढाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले राष्ट्रघाती एमसीसी विरुद्ध जस्तो सुकै आन्दोलन गर्नपनि आफुहरु तयार रहेको भन्दै त्यसको नेतृत्व गर्न माके (क्रान्तिकारी) लाई आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा माके (क्रान्तिकारी) का नेता शालीकराम पाठकले पुरानो सत्ताँ र व्यवसथा अहिलेपनि रहेकाले जनताले अपेक्षा गरेअनुसारको हक, अधिकार प्राप्त हुन नसकेको बताए । नेता पाठकले जनता भोक र सोकमा फसेका छन, तर सरकारले मंहगी, भ्रष्टाचारी, घुसखोरीयालाई पुरस्कृत गरेको भन्दै अझै समाजवाद नआएको ठोकुवा गरे ।

उक्त कार्यक्रममा बोल्दै माके (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले वर्तमान संसदीय व्यवस्था रहेसम्म जनअपेक्षित कामहरु हुनै नसक्ने भन्दै निरन्तर राष्ट्रघात, जनघातका गतिविधिहरु बढ्दै जाने र जनताको अधिकार प्राप्तीको आन्दोलन विभाजित पार्ने कुचेष्टा भैरहने धारणा राखेका थिए ।

महासचिव लोकेशले नाममा आएको गणतन्त्रले जनअपेक्षा पुरा गर्न नसक्नै भन्दै त्यसले दलाल सत्ताँधारीहरुको हित गर्ने तर्क गरे । उनले आफ्नो पार्टी जनताका मुद्दामा निरन्तर संघर्ष गरिरहेको भन्दै आवश्यक परेमा सशस्त्र क्रान्ति समेत आफ्नै नेतृत्वमा हुने र त्यसले क्रान्तिका अपुरा कार्यभार सम्पन्न गर्ने भन्दै विश्वास दिलाएका थिए ।

उनले सत्ताँधारी कम्युनिष्टहरु सुधारवादी लाईनमा रहेकाले त्यहाँबाट आफुहरुले ठूलो अपेक्षा नगरेको भएपनि कतिपय क्रान्तिकारी कम्युनिष्टहरुमा समेत विकसित जडताले क्रान्तिको सेवा गर्न नसक्ने बताए । उनले क्रान्तिकारी कम्युनिष्टहरुको वृहत एकतामा जोड दिएको भएपनि पुरानो पुस्ताका नेताहरुले त्यसलाई गम्भिर रुपमा नलिएको कारण कम्युनिष्ट आन्दोलनमा दिनहुँ विभाजनको क्रम नरोकिएको र त्यसले आन्दोलनको गतिलाई घटाएको बताए ।

महासचिव लोकेशले आफ्नो पार्टीले राष्ट्रियताको मुद्दालाई प्रमुख रुपमा र जनतन्त्र, जनजिविकाको मुद्दालाई विशेष रुपमा उठाउँदै, नौलो जनवादी क्रान्तिको बाँकी कार्यभार पुरागर्ने प्रतिवद्धता सहित आफ्ना गतिविध बढाउँदै लगेको बताउ । उनले एमसीसी कुनैपनि हालतमा खारेज गर्नुपर्ने भन्दै त्यसका लागि संगठित आन्दोलमा जोड दिएका थिए ।

जनयुद्ध दिवस मनाउँनुको अर्थ जनयुद्धको समिक्षा, प्राप्त उपलब्धीको रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पुरागर्न प्रतिवद्ध हुनुपर्नेमा महासचिव लोकेशले जोड दिएका थिए । उनले आफ्नो सम्बोधनको क्रममा जनयुद्धका महान शहीदहरुप्रति श्रद्धाञ्जली तथा घाइते, अपाङ्ग, बेपत्ता परिवारजनप्रति उच्च सम्मान सहित लालसलाम व्यक्त गरेका थिए । उनले आफ्नो पार्टीले जनविश्वासमा कहिल्यै घात नगर्ने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी माओवादी केन्द्र (क्रान्तिकारी) ले कर्णाली प्रदेशको वीरेन्द्रनगरमा समेत आज जनयुद्धका सहीदहरुप्रति श्रद्धाञ्जली वयक्त गर्दै सामाजिक व्यवस्था परिवर्तनको मुद्दालाई प्रमुखताका साथ निरन्तरता दिने प्रतिवद्धता गरेर धुमधामका साथ मनाइएको छ । पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक मनराज कठायतको प्रमुख आतिथ्यता तथा सुर्खेत जिल्ला सेक्रेटरी बल बहादुर कामीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा दलित राष्ट्रिय मुक्ति मोर्चा सुर्खेतका संयोजक जय बहादुर बिक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य जगत बम, युवा संगठनका नेताहरु मदन महतरा, हरी अधिकारी लगाएतको समेत आतथ्यता रहेको थियो । उक्त कार्यक्रममा जनयुद्धका बाँकी कार्यभार पुरा गर्ने प्रतिवद्धता नेताहरुले जनाएका थिए ।

त्यस्तै माके (क्रान्तिकारी) ले सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, एक नम्बर प्रदेशका विभिन्न क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता र जनसमूदायले जनयुद्ध दिवसमा विभिन्न कार्यक्रम गरेका छन् । जनयुद्ध दिवसको अवसरमा माके (क्रान्तिकारी) ले राष्ट्रघाती एमसीसी खारेजीको लागि संगठित आन्दोलन गरौं भन्ने मुल नारा तथा जनयुद्ध जिन्दावाद, विरशहीद लालसलाम, क्रान्ति अझै जारी छ भन्ने जस्ता नाराहरु समेत लगायएको थियो ।

जनयुद्ध दिवसको अवसरमा, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, मोहनबैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा, गोपाल किराँती साईला नेतृत्वको कम्युनिष्ट माओवादी पार्टी लगाएतले समेत विविध कार्यक्रम सम्पन्न गरेका छन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्