एमसीसी बारे अमेरिकाबाट आएको प्रतिकृयामा माओवादी कम्युनिष्ट पार्टी, नेपालले घोर भर्त्सना गर्यो
बिभिन्न सन्चार माध्यामबाट आएको एमसीसी परियोजना सम्बन्धिमा अमेरिका सरकारबाट आएको प्रतिकृयामा माओवादी कम्युनिष्ट पार्टी, नेपालले घोर भर्त्सना गरेको छ । उत्त बिज्ञप्ति पार्टीका महासचिव रामनारायण प्रसाद पालद्वारा हस्ताक्षर गरिएको छ ।
माओवादी कम्युनिष्ट पार्टी, नेपालले बिज्ञप्तिमार्फत सार्वभौमिकता रक्षार्थ सत्तसीन एबं प्रतिपक्षमा रहेको राजनीतिक दल तथा सडकमा संघर्षरथ सक्तिहरु अनुरोध गरेका छन ।
बिज्ञप्तिमा भनिएको छ, ‘इण्डो-अमेरिकी सैन्य रणनीति एमसीसी सम्झौतालाई हाम्रो पार्टीले नेपालको संबिधानको परराष्ट्र नीति, नेपालको स्वतन्त्र मुलुकको बर्करात इतिहास, सार्वभौमसत्ता सम्पन्न गणतन्त्र तथा जारी शान्ति प्रक्रियामाथि अमेरिकी हस्तक्षेप हो भनी किटान गरिआएको छ । भखरै एक अमेरिकी अधिकारीद्वारा सत्तासीन तथा प्रतिपक्ष दलका नेतालाई उक्त सम्झौता संसदबाट पारित गराउने ध’म्कि समेत दिइएको भन्ने प्रश्नमा गठबन्धन सरकार र प्रतिपक्षले एक मतले त्यस वैदेशिक हस्तक्षेपको प्रतिवाद गरियोस, यसैसाथ जोडदार अपील गर्दछ । र, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रक्षार्थ नेपाली नागरिकलाई शानदार प्रत्याभूति दिलाईयोस ।’
बिज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन सरकारका दोश्रो घटक दल नेकपा (माओवादी केन्द्र ) समक्ष हाम्रो पार्टी हार्दिक अपील गर्दछ कि परिमार्जनको अवरवादी नीति त्यागेर देशद्रोही एमसीसी सम्झौता सिधा खारेजीको नितिमा खडा भई देशभक्त नेपाली जनताको कित्तामा उभिने आँट गरियोस । अन्यथा त्यस दलभित्र रहेका देशभक्त कम्युनिस्टहरुलाई बिद्रोहको आव्हान गर्दछ ।’
बिज्ञप्तिको अन्तमा भनिएको छ, ‘देशभक्त नेपाली जनसमक्ष हार्दिक अपील गर्दछ कि संसदमा रहेका नेताहरूको दलाल तथा नोकरशाही पुँजीवादी चरित्रका कारण उत्पन्न भईरहेको राष्ट्रिय संकट सामना गर्न आ-आफ्नो ठाउँबाट डटौ । राष्ट्रिय स्वतन्त्रता र नयाँ राष्ट्रिय एकीकरणको मुद्धलाई प्रधान बनाएर देशभक्त जनक्रान्तिमा लामबद्ध हुन आफ्ना बैचारिक-राजनीतिक मतभेदहरु सुरक्षित राख्दै नेपालको स्वाधीनता र समाजवादी गणतन्त्र स्थापनार्थ योजनाबद्ध झण्डा उठाउन माओवादी कम्युनिस्ट पार्टी, नेपाल अग्रसर रहेने छ ।’