दयाहाङ–नम्रता अभिनित फिल्म ‘वरदान’ सार्वजनिक
नम्रता श्रेष्ठ र दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ बिहीबार दर्शकमाझ आएको छ ।
दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित ‘वरदान’ गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो ।
आत्महत्या रोकथामको विषयलाई उठाएको फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ख्याल गर्नुपर्ने सन्देश पनि दिने निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेकाहरुलाई परामर्श दिने काममा म बेलाबखत सहभागी हुँदै आएको छु,” नम्रताले भनिन्, “समस्यासँग जुधिरहेका मानिस र उनीहरुका अभिभावक तथा साथीभाइहरुलाई सजग गराउन यस्ता फिल्मले धेरै योगदान दिनसक्छ ।”
कोभिड–१९ पछि भएका लकडाउनहरुले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू ‘वरदान’को कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए ।