Logo

अबको निर्वाचन बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना कसैले नदेखे हुुन्छ – ओली


नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले गएको स्थानीय चुनावमा पनि सत्ता गठबन्धनसँग चुनाव लडेर ४१ ।२८ प्रतिशत स्थानमा विजयी हासिल गरेको स्मरण गरे ।

सम्बोधनको क्रममा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै आसन्न निर्वाचनमा पनि बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना नदेख्न सुझाव दिए ।

“अबको निर्वाचन बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना कसैले नदेखे हुुन्छ,” उनले भने, “भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ ।

संघीय र प्रदेश निर्वाचनमा हामी बहुमत ल्याउँछौं । गठबन्धन तोडेर होइन गठबन्धन रहँदै हामी बहुमत ल्याउँछौँ ।”

उनले पार्टी छोडेर माधव नेपाल नेतृत्वको नेकपा(एस)मा गएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गरे ।

“षडयन्त्रपूर्वक पार्टी विभाजन गरे पनि नेता कार्यकर्ता एमालेमा उभिएका छन् ।

विभाजनको असर दुई अंकमा भन्दा कमै रह्यो । केही साथीहरू भ्रममा परेर अरुतिर जानुभएको छ । पार्टीमा फिर्ता आउन आग्रह पनि गर्दछु,” उनले भने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्