अमेरिकी विदेश मन्त्रालयद्वारा युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य कारबाहीको बढ्दो खतरालाई उद्धृत गर्दै युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् ।
बाइडनले यदि मस्कोले युक्रेनलाई आक्रमण गरे अमेरिकी नागरिकलाई उद्धार गर्न फौज नपठाउने बताएका छन् ।
“अमेरिकी नागरिकले अब (युक्रेन) छोड्नुपर्छ,” बाइडनले एनबीसी न्युजसँग भने ।
उनले त्यस क्षेत्रमा अवस्था छिट्टै भयानक हुनसक्ने चेतावनी दिएका छन् । “हामी संसारको सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ ।
यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन् ।”बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तनावका बीच दशकौँमा युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरेको बताएका थिए ।
अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ ।
अमेरिकाले बिहीबार ‘रुसी सैन्य हमलाको बढ्दो जोखिम देखिएको’ जनाएको छ । एजेन्सी