Logo

नाकमुखसँग आँखा पनि सुरक्षित राख्न बच्चाहरुलाई यस्तो मास्क


तास्मानिया सरकारले लामो समयपछि स्कुल फिर्ता भएका बालबालिकालाई एउटा विशेष कोभिड प्याकेज पठाएको छ ।

तर त्यसमा बच्चाहरुलाई भनेर दिइएको मास्क तिनको नाकमुख सहित आँखा पनि छोप्ने भएपछि यतिबेला सरकार पक्षको मजाक बनेको छ ।

नाकमुख सँगै आँखालाई पनि सुरक्षित राख्न यस्तो पठाएको हो कि भनेर धेरैले सामाजिक संजालमा ठट्टा गरेका छन् ।

त्यस्तै धेरैले आफ्नो बच्चाले त्यो मास्क लगाएको तस्बिरहरु पनि राखिरहेका छन् जुन देशभर भाइरल बनेको छ ।

यसरी अभिभावकले बारम्बार अनुरोध गरेपछि मात्र प्रारम्भिक स्कुलका विद्यार्थीहरुलाई सानो आकारको मास्क उपलब्ध गराइने सुनिश्चित भएको छ ।

सो मास्कले झन्डै कान पनि छोपेर सुरक्षा दिने भन्दै एक व्यक्तिले सामाजिक संजालमा ट्रोल गरेका छन् ।

अभिभावकहरुले सरकारको तर्फबाट यो कुनै ‘जोक’ हो कि भनेर पनि प्रश्न गरेका छन् ।

प्रारम्भिक तहका विद्यार्थीहरुलाई कक्षामा मास्क लगाउन अनिवार्य गरिएको छैन ।

तरपनि कसैले लगाउन चाहेमा सजिलै उपलब्ध होस् भनेर सरकारले ६ लाख बढी सानो खालको सर्जिकल मास्क पठाएको थियो ।

यसमा १२ वर्ष भन्दा माथिको उमेरका विद्यार्थीले चाहिँ अनिवार्य मास्क लगाउनैपर्छ भने स्कुलमा आउने अन्य जोकोहीका लागि पनि मास्क लगाउन अनिवार्य गरिएको छ । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्