Logo

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पारित गराउने तयारीमा


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्ने विषयलाई लिएर अहिले सत्ता गठबन्धनमा किचलो सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी र भेटवार्ताले गठबन्धनका मुख्य नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सशंकित बनेका छन् ।

विशेष गरेर प्रधानमन्त्री निकट नेताहरुले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पारित गराउने तयारीमा छन् ।

उनले गठबन्धनमा रहेका नेताहरुले नमाने पनि संसद्मा लैजाने पास वा फेल जे भए पनि संसद्ले नै गर्ने तयारी गरेको ती नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवा फागुन २ गते बोलाइएको बैठकमा जसरी पनि एमसीसी अघि बढाउने तयारीमा छन् ।

बुधबारको संसद् बैठकमै एमसीसी सम्झौता टेवल गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दल सहमत नहुँदा फागुन २ गतेसम्मका लागि बैठक सार्न लगाएका थिए ।

प्रतिनिधिसभाको बैठक आगामी फागुन २ गतेका लागि तोकिएको छ ।

“प्रधानमन्त्री आगामी संसद् बैठकमा एमसीसी सम्झौता टेवुल गर्ने पक्षमा हुनुहुन्छ,” प्रधानमन्त्री देउवा निकटका एक नेताले भने, “एमसीसी टेबुल गर्न सत्ता गठबन्धनकै दलहरु तयार छैनन् ।

त्यसैले केही दिन समय राखेर संसद् बैठक सारिएको हो ।” ती नेताका अनुसार सत्ता गठबन्धनका दल सहमत नभए पनि फागुन २ गतेको बैठकमा एमसीसी सम्झौता टेवुल हुन्छ ।

“एमसीसी सम्झौता फेल हुन्छ भने संसद्बाटै हुन्छ तर, प्रधानमन्त्री एमसीसी सम्झौता संसद्मा जसरी पनि टेबुल गर्ने पक्षमा हुनुहुन्छ,” ती सांसदले भने, “त्यसैले आगामी संसद् बैठकसम्म सत्ता गठबन्धनका दलहरुलाई फकाउने, थर्काउने र गलाउने प्रयासमा उहाँ हुनुहुन्छ ।”

उनले त्यस्तो प्रयासमा पनि प्रधानमन्त्री सफल नभए सत्ता गठबन्धन भत्कन सक्ने संकेत गरे ।

“राष्ट्रिय विकासको एजेन्डामा सहमत हुनुभएन भने सत्ता गठबन्धनकै औचित्य समाप्त हुन्छ, त्यसपछि यो गठबन्धनले निरन्तरता पाउने सम्भावना हुँदैन,” ती सांसदले भने, “त्यसपछि फरक विकल्पका विषयहरुमा बहस सुरु हुन्छ ।”

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्