Logo

मन्त्रिपरिषद्ले गरेका १३ निर्णय


सोमवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न १३ वटा निर्णय गरिएको जानकारी दिए ।

यी हुन्, मन्त्रिपरिषद्ले गरेका १३ निर्णयहरुः

१. धितोपत्र दर्ता तथा निष्कासन पाचौँ संशोधन नियमावली–२०७८ स्वीकृत गर्ने,

२. बर्ड फ्लु नियन्त्रण गर्न मोरङको विराटनगर–१८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने,

३. निर्वाचन आयोगबाट प्राप्त परामर्शबमोजिम स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम २०७९ बैशाख ३० गते शुक्रवारका दिन एकै चरणमा देशभरका सबै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्ने,

४. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण (पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने,

५. सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अबैतनिक नेपाली महावाणिज्य दूतहरुको अवधि थप गर्ने,

६. डिजिटल प्रणाली मार्फत नाप नक्सा तथा जग्गा प्रशासनसम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने,

७. पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय गोरखाको कार्यक्षेत्रभित्र पर्ने नुवाकोटको सडक सीमाभित्र परेका तीन वटा घर टहराको राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने,

८. बालअधिकारसम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्न अनुमति प्रदान गर्ने,

९. २०७८ फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यमबाट हुने दोस्रो ग्लोबल डिसेबिलिटी समिट (जीडीएस)मा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने,

१०. फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने,

११. राष्ट्रिय प्रशारण (११औँ संशोधन) नियमावली–२०७८ स्वीकृत गर्ने,

१२. नसड्ने रोगहरुको नियन्त्रण तथा रोकथामको लागि बहुक्षेत्रीय कार्य योजना स्वीकृत गर्ने,

१३. लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापना गर्ने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्