पार्टीले आलोक रायमाझीलाई पार्टी सदस्य हटाएकोले भ्रामक समाचार दियो – सुरेन्द्र कटुवाल
माओवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सचिव सुरेन्द्र कटुवालले आलोक रायमाझीलाई पार्टी सदस्य हटाएकोले भ्रामक समाचार प्रचार गरेको कुरा बताए ।
माओवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सचिव सुरेन्द्र कटुवालद्वारा जारी विज्ञप्तिमा ‘२० माघ २०७८ भित्र स्पष्टीकरण दिन भनिएकोमा जानाजान सो निर्देशन अवज्ञा गरेको हुँदा बुटवलस्थित केन्द्रीय सचिवालयको निर्णय र पार्टी विधान अनुसार रायमाझीको पार्टी सदस्यता स्वतः समाप्त’ भएको उल्लेख छ।
रायमाझीले तोकेको जिम्मेवारी पूरा नगर्दा निर्वाचन आयोगले पार्टीलाई २० हजार जरिवाना गरेको र त्यही विषयमा स्पष्टीकरण नदिएपछि निष्कासन गरिएको कुरा केहीदिन अघि मिडियामा आएको थियो ।
माओवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सचिव सुरेन्द्र कटुवाल भन्छन, ‘रायमाझी माओवादी कम्युनिष्ट पार्टी, नेपाल पार्टीको केन्द्रीय सदस्य थिए, स्पष्टीकरण नदिएपछि साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेका छौं।’ थप भनेका छन, ‘माओवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय कार्यलयको निर्णयबाट साधारण सदस्य नरहने गरि कार्बाहि गरिएका आलोक रायमाझीद्वारा भ्रामक समाचार प्रसारण गरिएको हुदा सो हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनसमुदायमा अनुरोध गर्दछौ ।’
बिज्ञप्ति हेर्नुहोस:
क. आलोक उर्फ छापवहादुर रायमाझी पार्टी केन्दीय सदस्य, काठमाडौ।
विषय: स्पष्टीकरण सोधिएकोवारे।
उपरोक्त सम्बन्धमा निर्वाचन आयोगले बैसाख २०७८ मा लेखा प्रतिवेदन नबुझाएको कसुरमा हाम्रो पार्टीलाई जरीवाना तोकेको जानकारी असोज २०७८ मा मात्र हुन आयो। जबकि पार्टीले तपाईलाई मंसीर २०७७ को छैठौं बैठकदेखि त्यस आयोगमा प्रतिनिधि खटाएको थियो। मंसीर २०७७ देखि जिम्मेवार तपाईकै लापरवाही वा जानाजान पार्टीलाई अप्ठेरो पार्ने मनसाय समेतले आयोगको उपरोक्त फैसलावारे पार्टीलाई गुमराहमा राखेर संकटमा पार्ने काम गर्नु भयो।
अत: पार्टीलाई गुमराहमा राखी अप्ठेरो पार्ने, अनाहकमा रु. २० हजार जरीवाना तिराउने र सातौं बैठकले सि समाधानका लागि तपाईं समेतको टोली खटाएकोमा त्यस कार्यका निम्ति तपाईले कुनै सहयोग नगरेको हुँदा २०७८/९/११ को केन्द्रीय सचिवालय विस्तारित बैठकले तपाईलाई स्पष्टीकरण लिने निर्णय गर्नु पर्यो।
अत: परिवारवाद थोपरेर विध्यार्थी संगठन समाप्त पारेकोलगायत समस्याहरु हुँदाहुदै पनि खासगरी उपरोक्त आयोगमा तपाईद्वारा उत्पन्न पार्टी विरोधी गतिविधि के कत्ति कारणले हुन पुग्यो? सो सम्बन्धमा आगामी २० माघ २०७८ भित्रमा पार्टी कार्यालय समक्ष चित्तबुझ्दो लिखित स्पष्टीकरण पेस गर्न तपाईको नाममा यो पत्र लेखिएको छ। अन्यथा भएमा पार्टी विधान बमोजिम भइजाने व्यहोरा जानकारी गराईन्छ।
(सुरेन्द्र कटुवाल) सचिव, माओवादी कम्युनिस्ट पार्टी, नेपाल
केन्द्रीय कार्यालय
२४/९/२०७८