Logo

प्रतिवेदन मिडियामा सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति


गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो एक प्रतिवेदन छलफल गर्नुपूर्व नै मिडियामा सार्वजनिक भएकोमा आपत्ति जनाएको छ।

एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

सोही समिति मातहतको तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन यही फेब्रुअरी ४ मा उच्चस्तरीय समितिमा पठाएको थियो।

प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै मिडियामा आएपछि एनआरएनएले आपत्ति जनाएको हो ।

‘यति संवदेनशील विषय छलफल पूर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआरएनएद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर प्रश्न उठ्नुका साथै उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ।’

एनआरएनएले अब संघको गोपनियता भंग हुने गरी कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन सबैलाई आग्रह गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्