नयाँ आदेश जारी गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी बैठक बस्ने भएको छ ।
कोरोना संक्रमण घट्दै जाँदा स्मार्ट लकडाउनको प्रावधान खुकुलो बनाएर अर्को आदेश जारी गर्न बैठक बस्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सीसीएमसीसीले गरेका सिफारिहरू कार्यान्वयन गरिने जानकारी दिए ।
‘‘जोरबिजोर हटाउन सिफारिस गरियो भन्ने आएको छ । त्यस्तै शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि सञ्चालन गर्ने भनिएको छ ।
यी निर्णयमा टेकेर नयाँ आदेश जारी गर्छाैं । सीसीएमसीसीको सिफारिस प्रशासनमा आइसकेको छैन,” उनले भने । उनकाअनुसार बैठक आज अपराह्न ५ बजे बस्नेछ ।