Logo

क्यामिला बेलायतको भावी महारानी बन्ने निश्चित


बेलायतकी महारानी एलिजावेथ द्वितीयाले आफूले युवराज चार्ल्स राजा बन्ने बेला उनकी पत्नी तथा डचेज अफ कोर्नवाल क्यामिला महारानी बनून् भन्ने चाहेको स्पष्ट पारेकी छन् ।

आफूले राजगद्दी आरोहण गरेको ७०औँ वर्षगाँठका अवसरमा मुलुकका नाममा प्रसारित सन्देशमा एलिजावेथले सो मनसाय व्यक्त गरेकी हुन् ।

यसअघिसम्म क्यामिलालाई युवराजकी पत्नीको मात्र परिचय दिइने अनुमान गरिएको थियो । तर, एलिजावेथको यस औपचारिक घोषणापछि अब उनी बेलायतको भावी महारानी बन्ने निश्चित भएको छ ।

क्लारेन्स हाउसका प्रवक्ताले एलिजावेथको यस घोषणाबाट प्रिन्स अफ वेल्स र डचेज अफ कोर्नवालले सम्मानित र खुसी भएको महसुस गरेको बताएका छन् । एलिजावेथ सन् १९५२ मा महारानी बनेकी थिइन् ।

बेलायती शाही परम्पराअनुसार महारानीकी पतिलाई छुट्टै किसिमले सम्बोधन गर्ने गरिन्छ ।

महारानी एलिजावेथका पति राजकुमार फिलिप र महारानी भिक्टोरियाका पति राजकुमार अल्वर्ट राजाका रूपमा नभई राजकुमार पतिको परिचयबाट मात्र चिनिँदै आएका छन् ।

अब क्यामिलाको महारानी बन्ने सौभाग्य नरोकिने भएको छ । सन् २००५ मा दुवै पारपाचुके प्राप्त अवस्थामा चार्ल्स र क्यामिलाबीच कानुनी रूपमा विवाह भएको थियो ।

त्यसअघि, चार्ल्सका युवराज्ञी डायनासँग विवाह भएको थियो । डायनाको फ्रान्सको राजधानी पेरिसमा एउटा कार दुर्घटनामा मृत्यु हुनु एक वर्षअघि अर्थात् सन् १९९६ मा यी दुईबीच सम्बन्धविच्छेद भएको थियो । एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्