प्रदेश–१ मा मन्त्री थपेको विरोधमा प्रदर्शन
प्रदेश नम्बर–१ मा मन्त्री थपिएको विरोधमा नेकपा (एमाले)निकट विद्यार्थी संगठन र युवा संघमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् ।
आज कार्यालय प्रवेश गर्ने सडकमा अवरोध गर्दै बिहानैदेखि उनीहरूले प्रदर्शन गरिरहेका छन् ।
प्रदेश–१ मा सात मन्त्रालय फुटाएर १३ बनाइएकोले विरोधमा उत्रिएको युवा संघका नेता मुकेश बुढाथोकीले बताए ।
कोसी राजमार्गको ढाटनजिकैबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् ।