Logo

केपी ओलीद्वारा प्रेस चौतारीले यी पत्रकारहरुलाई पुरस्कृत गर्दै


प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ ।

पुस १२ र १३ गते लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

प्रेस चौतारी नेपाल २०५५ सालमा स्थापना भएको हो। २०५५ मंसिर ७ गते वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

पुरष्कार महाधिवेशनको उद्घटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम छ ।

पुरस्कार पाउने पत्रकारहरु :

२०७७:
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
राजेन्द्र अर्याल [पूर्व अध्यक्ष]

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्णविनोद लम्साल [सुनसरी]

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
केपी गौतम [गोरखापत्र]

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
सागर पण्डित [सम्पादक, राजधानी दैनिक]

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
अब्दुल्लाह मियाँ [काठमाडौँ]

२०७८:
हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
गगन विष्ट [पूर्व अध्यक्ष]

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
झलक सुवेदी [लेखक तथा राजनीतिक विश्लेषक]

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
अनुप तिवारी [पर्सा]

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
हिरा परियार [रुकुम पश्चिम]

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
शिवराज भट्ट [कैलाली]

चन्द्र न्यौपाने— शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
शान्ति गुरुङ [कास्की]

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्