Logo

माओवादी कम्युनिस्ट पार्टी, नेपालले आलोक रायमाझीको पार्टी उमेदवार सदस्य समाप्त गर्‍यो


काठमाण्डौ- माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य आलोक रायमाझीलाई पार्टीले पार्टीको उमेदवार सदस्य समेत नरहने गरी समाप्त गरेको छ । उक्त कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो । केन्द्रीय कार्यालय सचिव सुरेन्द्र कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ “२० माघ २०७८ भित्र स्पष्टीकरण दिन भनिएकोमा जानाजान सो निर्देशन अवज्ञा गरेको हुँदा बुटवलस्थित केन्द्रीय सचिवालयको निर्णय र पार्टी विधान अनुसार रायमाझीको पार्टी सदस्यता स्वत: समाप्त भएको हो।”

विज्ञप्ति भनिएको छ, “पार्टीले आलोक रायमाझीलाई मंसीर २०७७ देखि निर्वाचन आयोगमा प्रतिनिधि खटाएको, तर बार्षिक लेखापरिक्षण प्रतिवेदन नबुझाएको कसुरमा बैसाख २०७८ मा आयोगले पार्टीलाई रु २०,०००- जरिवाना तोकेको कुरा असोज २०७८ मा आयोग कर्मचारीले अध्यक्षलाई फोनमार्फत बताएपछि मात्र जानकारी हुन आएको कारण स्पष्टीकरण लिनु परेको हो।”

कार्यालय सचिव कटुवालको विज्ञप्तिमा भनिएको छ-“उपरोक्त गम्भीर सूचनावारे पार्टीलाई गुमराहमा पारेको मात्र होइन, अनाहकमा जरिवाना तिराउने बेईमानी समेत गरेको हुँदा ११ पुस २०७८ मा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले निज आलोक रायमाझीलाई स्पष्टीकरण लिने निर्णय गर्नु परेको थियो।”

माओवादी कम्युनिस्ट पार्टी, नेपालको नेता आलोक रायमाझीको तत्कालिन २ जेठ ०७५ मा एमाले र माओवादी मिलेपछी पार्टी पुन:गठनमा गोपाल किरातीको नेतृत्वमा जोडिएको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्