Logo

मापदण्ड विपरीतका निजी अस्पताल बन्द गराउन डा . केसीले बुजाए ज्ञापनपत्र


चिकित्सा शिक्षा सुधारका अभियन्ता डा . गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उनले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन् ।

केसीले नेपाल मेडिकल काउन्सिलमा पदीय मर्यादाविपरीत स्वार्थ समूहहरुको काम गर्ने व्यक्तिहरु रहेको भन्दै स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई पदमुक्त गरी योग्य र निष्पक्ष व्यक्ति नियुक्त गर्न माग गरेका छन्।

उनले यसअघि प्रधानमन्त्रीले आफूसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्