Logo

‘प्रदेश १ को नाम किरात-लिम्बुवान’- अशोककुमार राई


धरानः केहि समयअघी  जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम किरात–लिम्बुवान हुनुपर्ने बताएका छन् ।

धरानमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन् । ‘पार्टीको स्पष्टता यो छ कि प्रदेश १ को नाम किरात–लिम्बुवान वा लिम्बुवान–किरात राख्न सकिन्छ’, उनले थपे, ‘त्यसमा शेर्पालुङ थप्दा राम्रो ।’

उनले प्रदेश १ को भूगोलमा किरात, लिम्बुवान र शेर्पालुङ परेकोले नामाकरणमा तीनवटै पहिचान खुल्नु सर्वोत्तम हुने बताए । सो तथ्य मदन परियारको राज्य पुनसंरचनासम्बन्धी संवैधानिक आयोगको प्रतिवेदनमा उल्लेख रहेको उनले जानकारी दिए ।

गठबन्धनको बारेमा बाहिर जस्तोसुकै कुरा आएपनि यसलाई संसदीय चुनावसम्म लिएर जाने कुरामा विवाद नभएको उनको भनाई छ । ‘हाम्रो मान्यता के छ भने चुनावसम्मै गठबन्धन सँगै जानुपर्छ भन्ने हो, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सधैंजसो यसैमा जोड दिँदै आएकोले हाम्रो गठबन्धन पछिसम्मै टिक्छ ।’ उनले थपे ।

नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम ‘किरात’ प्रदेश

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।

माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् । तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्